फेवा महोत्सवको तयारी तिब्र

पोखरा, ६ चैत /पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा चैत २८ देखि आगामी बैशाख २ गतेसम्म बसुन्धरा पार्कमा संचालन हुन लागेको १३ औं फेवा नव वर्ष महोत्सव २०७३ को तयारी अगाडि बढाइएको छ । 

फेवा महोत्सवको तयारी तिब्र
फेवा महोत्सवको तयारी तिब्र

संघले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी यसपटकको महोत्सवलाई विगतको भन्दा नयाँ र परिष्कृत ढंगले संचालन गर्ने तयारी गरिएको जानकारी गराएको हो । भूकम्प र नाकाबन्दीले थला परेको पर्यटन क्षेत्रलाई जगाउन यो पटकको महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष भरतराज पराजुलीले व्यक्त गरे । हालै पोखरामा सम्पन्न मिनी सार्क सम्मेलने यहाँको पर्यटनलाई केही रुपमा भए पनि प्रवद्र्धन गर्न टेवा पुगेको बताउँदै अव फेवा महोत्सवको माध्यमबाट प्रवद्र्धनको कामलाई थप अगाडि बढाइने उनले बताए ।

महोत्सवलाई नयाँ पन दिन संघले सल्लाह र सुझाव संकलनको काम समेत अगाडि बढाएको बताउँदै अध्यक्ष पराजुलीले महोत्सवको मुख्य उद्धेश्य नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु रहेको बताए । अंग्रेजी नयाँ वर्षलाई पछिल्ला वर्षहरुमा निकै जोड दिएर मनाउँदै आइएकोमा आफ्नै नेपाली नयाँ वर्षलाई झन् भव्य र सभ्य रुपमा मनाउन महोत्सव आयोजना गर्न लागिएको जानकरी संघले दिएको थियो । देश विदेशका खानाका परिकारहरुको प्रदर्शनी तथा विक्री, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती, बाल उद्यान, डुंगा दौड, आदि महोत्सवका आकर्षण रहेने छन् ।

महोत्सवबाट ५० लाख आम्दानी र ४२ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान संघले गरेको छ । महोत्सवमा रहने स्टलको संख्या केही दिनमा नै सार्वजनिक गर्ने तयारीमा संघ रहेको छ । फेवा ताल बचाऔं भन्ने मुख्य नाराका साथ संचालन हुने महोत्सवमा पर्यटन, संस्कृति र खाना मुख्य आकर्षण रहने छन् । चैत ३० गते साँझ पाँच बजेदेखि राति १२ बजेसम्म र बैशाख १ गते साँझ पाँच बजेदेखि रातको १० बजेसम्म स्थानीय अम्मटदेखि हल्लनचोकसम्म रेवान पोखराको सहकार्यमा सडक महोत्सव समेत संचालन गरिने छ ।

महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट वसुन्धरापार्क सम्म सांस्कृतिक झाँकी सहितको ¥याली निक्लने छ । महोत्सवमा आउने आन्तरिक पर्यटकका लागि संघले आवास र खानामा छुटको समेत व्यवस्था गर्ने छ । त्यस्तो छुटको दर छिटै घोषणा गर्ने तयारीमा संघ रहेको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए । कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष लक्ष्मण सुबेदीेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...