स्याङ्जा पौवेगौडेमा आँखा शिविर, ३ सय ६७ जना लाभान्वित

पोखरा, ५ चैत/पोखराका दुई लायन्स क्लबहरुले सँयुक्त रुपमा स्याङ्जाको पौवेगौडेमा गरेको आँखा शिविरमा ३ सय ६७ जनाले आँखा जाँच गराएका छन् । लायन्स क्लब अफ पोखरा पिस चौतरी र पिस सोसाईटीले सँयुक्त रुपमा आँखा शिविरको आयोजना गरेका थिए ।

स्याङ्जा पौवेगौडेमा आँखा शिविर, ३ सय ६७ जना लाभान्वित
स्याङ्जा पौवेगौडेमा आँखा शिविर, ३ सय ६७ जना लाभान्वित

हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १७ जना विरामीहरुको अपरेशन भएको थियो । आँखा शिविरको सँयोजन लायनकर्मी बोधराज रेग्मीले गरेका हुन् ।

आँखा शिविर संचालनपुर्व भएको औपचारिक कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका लायन विनोद ढुंगानाले सेवामुलक काम दुई वटा क्लबले सँयुक्त रुपमा मिलेर गर्नु निकै राम्रो कुरा भएको बताए ।

कार्यक्रममा पौवेगौडे गाविसका सचिव कल्पना पौडेल, ज्येष्ठ नागरिक रणबहादुर आले, समाजसेवी देवीप्रसाद रेग्मी, योगेन्द्र कार्की, नारायण रेग्मी लगाएतले बोलेका थिए ।

कमेन्टहरु
Loading...