पोखराको सिद्धार्थचोकमा किताबसँग कफी एक्सपर्ट कफीमा

श्याम रानामगर / पोखरा / अरुका छोराछोरी जस्तै आफ्ना छोराहरु पनि विदेशमा गएर पढुन् । नाम कमाउँन । दाम कमाउँन । उनको मनमा यो विचार कहिल्यै आएन । बरु, पखेटा लागेपछि भुर्र…उडेर कतै जान्छन् कि ! यही चिन्ताले सधै पिरालिई रहे ।

छोराहरुको लागि त्यति खर्च गर्न सक्ने ल्याकत उनमा नभएको होइन । उनी आफै पनि विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई भिसा दिलाउँन, भाषा, आवश्यक परामर्श दिने काम गर्छन् । उनी अर्थात रमेश कुमार थापा । ‘एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिस’ पोखराका डाइरेक्टर । तर, छोराहरु सधै आफ्नो वरिपरि घुमि रहुन् भन्ने उनको चाहना ।

‘जसलाई पनि आफ्ना सन्तान टाढा हुँदा त नमज्जा लागि हाल्छ नि,’ भावुक हुँदै रमेशले भने । छोरा विश्वास थापा ‘प्लस टु’को परिक्षा सकेर खालि थिए । उनलाई फेरि छोराको चिन्ताले उनलाई सताउँन थाल्यो । कैयौं दिन राम्रोसँग निदाउँन पनि सकेनन् । एक दिन विश्वास आफैंले बारिष्ठा (कफि बनाउने तालिम) ट्रेनिङ लिने इच्छा देखाए । रमेशलाई ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो । छोरालाई बारिष्ठा ट्रेनिङ लिन पठाए । अब, छोरा आफ्नै वरिपरि रहन्छ भनेर ढुक्क भए । मलाई छोडेर जाने छैन ।

विश्वासले बारिष्ठा ट्रेनिङ सकाए । प्लस टु को रिजल्ट पनि आयो । राम्रै अंक ल्याएर पास भए । प्लस टु पछिको बाकिँ पढाई ‘होटल म्यानेजमेन्टबाट पुरा गर्ने इच्छा प्रकट गरे, विश्वासले । यस पटक पनि रमेशले छोरालाई निराश बनाउँन चाहेनन् । छोराले चाहेकै विषयमा भर्ना गरिदिए । विश्वासले होटल म्यानेजमेन्टको पढाई पुरा गरे । सँगै पढ्ने साथीहरु कोही अष्ट्रेलिया पुगि सके, कोही अमेरिका, कोही जाने तरखरमा छन् । तर, उनलाई भने विदेश जाने रहर लागेन । बरु, नेपालमै केही गर्नु पर्छ भन्ने लाग्यो ।

पोखराको सिद्धार्थचोकमा किताबसँग कफी,एक्सपर्ट कफि
पोखराको सिद्धार्थचोकमा किताबसँग कफी,एक्सपर्ट कफी

यही केही गर्छु भनेर भर्खरै सिद्धार्थ चोकमा उनले क्याफे खोलेका छन् । बाबुकै अफिसको तल्लो फ्लोरमा । जस्को नाम दिएका छन्, ‘एक्सपर्ट क्याफे’ । अर्गानिक कफी सँगसँगै साहित्य पारखीका लागि नेपाली÷अंग्रजी भाषाका पुस्तक पढ्ने व्यवस्था पनि क्याफेमा छ । ‘पोखरामा कफि सँगसँगै साहित्यका पारखी पनि धेरै हुनुहुन्छ,’ विश्वासले भने, ‘त्यसैले पनि एउटा कुनो किताबका लागि भनेर छुट्याएका हौं ।’ अहिले कफि पिउँन मात्र होइन । किताब पढ्नका लागि पनि क्याफेमा मान्छेहरु आउने गरेको उनले सुनाए । भन्छन्, ‘कफि पिउँन मात्र होइन ।

किताब पढ्नै भनेर पनि धेरै आउँनु हुन्छ ।’ ग्राहकको चाहना बमोजिम पुस्तकको पनि व्यवस्था हुन्छ । केही दिनका लागि पुस्तक घरमै लैजाने पनि व्यवस्था गरेको छ क्याफेले । विश्वास भन्छन्, ‘नाम दर्ता गराएर त्यस बापत केही शुल्क तिरि सकेपछि किताब घरमै लैजाने व्यवस्था पनि गरेका छौं ।’ करिब २५ लाखको लागतमा सञ्चालनमा आएको क्याफेमा कफि सगँ बेकरी र अन्य खाजा खान पाइन्ने उनले बताए । बिदेश जान चाहाना राख्नेहरुका लागि कफि बनाउने र बेकरी बनाउने समेत सिकाउने गरेको उनले बताए ।

कमेन्टहरु
Loading...