इथियोपियन एअरलाइन्स दुर्घटनामा नेपालकी एकता अधिकारीकाको मृत्यु

काठमाडौं, २७ फागुन /केन्यामा भएको विमान दुर्घटनामा पनि एक नेपालीको ज्यान गएको छ । आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोर्खाकी एकता अधिकारीको मृत्यु भएको खुलेको छ ।

दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत एकता अधिकारी परेको खुलेको हो ।

एब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएको अधिकारीले उल्लेख गरे ।

केन्याको नैरोबीका लागि उडेको जहाज इथियोपियाको बिसोफ्टुमा दुर्घटनामा पर्दा विमान ३२ देशका नागरिकले ज्यान गुमाएका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...