पोखरामा मुस्लिम समुदायहरुले इद उल फित्र पर्व मनाउँदै (फोटो फिचर)

पोखरा, २२ जेठ/मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर आज पोखरामा पनि इद उल फित्र पर्व मनाउँदै छन् ।

खुसीपूर्वक शरिरको दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

पोखरामा मुस्लिम समुदायहरुले इद उल फित्र पर्व मनाउँदै तस्बिरः सञ्जय शाक्य
पोखरामा मुस्लिम समुदायहरुले इद उल फित्र पर्व मनाउँदै तस्बिरः सञ्जय शाक्य

अरबि पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन मंगलबार बेलुकी चन्द्रमा देखिएपछि बुधबार इद उल फित्र मनाइएको हो । यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाने गर्दछन् ।

हातमुख धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिइ मस्जिद, इदगाहमा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

पोखरामा मुस्लिम समुदायहरुले इद उल फित्र पर्व मनाउँदै तस्बिरः सञ्जय शाक्य
पोखरामा मुस्लिम समुदायहरुले इद उल फित्र पर्व मनाउँदै तस्बिरः सञ्जय शाक्य

पोखरामा नवजा पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशिर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइ पर्व मानेका छन् । पोखराको मियापाटन र चिप्लेढुगाका मस्तीजमा बिहान नवाज परेका थिए ।

कमेन्टहरु
Loading...