पोखरामा आयशर ब्राण्डका गाडीहरुको सर्भिस सेन्टर

पोखरा, ७ बैशाख /भारतको भी ई कमर्सियल भेईकल्स लिमिटेड (भीईसिभी, ईन्डिया)ले पोखरामा आयशर गाडीको वर्कशप (सर्भिस सेन्टर) संचालनमा ल्याउने भएको छ । आयशर ब्राण्डका गाडीहरुलाई सुलभ सेवा दिनका लागि ईस्टर्न मोटर्स प्रालिले यो सर्भिस सेन्टर पोखरामा स्थापना गरेको हो ।

पोखरामा आयशर ब्राण्डका गाडीहरुको सर्भिस सेन्टर
पोखरामा आयशर ब्राण्डका गाडीहरुको सर्भिस सेन्टर

२०१६ मा दाङको तुलसीपुरमा पहिलोपटक कम्पनीको वर्कशप स्थापना गरेको कम्पनीले नेपालको हकमा पोखरामा दोस्रो वर्कशप संचालनमा ल्याउन लागेको हो । नेपालका अन्य २२ वटा शहरमा आयशर कम्पनीको स्पेयर पार्टस् पाउनुका साथै अन्य सेवा केन्द्र स्थापना गरेको छ ।

आयशर ब्राण्डका बस र ट्रकहरुको अहिले नेपाली बजारमा निकै माग छ । बजार मागसँगै आयशर ब्राण्डका बस र ट्रकहरु नेपाली बजारमा थुप्रै मात्रामा गुडिरहेकोले कम्पनीले ग्राहकको सुविधाका लागि पोखरामा सर्भिस सेन्टर संचालनमा ल्याउन लागेको हो ।

वर्कशप संचालनको बारेमा जानकारी दिँदै भीईसिभीका एक्जिक्यूटिभ भाईस प्रेसिडेन्ट पि रविशंकरले भने–‘नेपाल हाम्रो कम्पनीको महत्वपूर्ण बजार हो । र, यो बजार अझै विस्तारित हुँदैछ । हामी नेपालमा आयशर ब्राण्डलाई स्थापित बनाउन पाउँदा निकै खुशि पनि छौँ । आयशर ब्राण्डका ट्रक तथा बसहरु निकै सुलभ, ईन्धनमैत्री, आकर्षक र बलियो भएकोले ग्राहकहरु यसतर्फ आकर्षित भैरहेका छन् । हाम्रो कम्पनीले बजार माग अनुसारको आयशर कम्पनीका बस तथा ट्रकहरु सँधै उपलब्ध गराउँदै जानेछ । र, ग्राहकहरुको साथमा रहनेछ ।’

पोखराका व्यावसायी धर्मराज अधिकारीले मंगलबार सर्भिस् सेन्टरको उद्घाटनको क्रममा आयशर गाडी निकै भरपर्दो गाडी भएको बताए । उनी आफैले पनि आयशर ब्राण्डका गाडीहरु प्रयोग गरेको उल्लेख गर्दै यो नेपाली बजारको लागि अति उपयुक्त भएको प्रतिक्रिया दिए । सोहि क्रममा कम्पनीबाट आएका अर्का प्रतिनीधि संजीव महाजनले पनि बोलेका थिए । त्यस्तै आयशर ब्राण्डको प्रो सेरिजका गाडीहरुको बारेमा भिडियो सामाग्री पनि देखाईएको थियो ।

नेपालका लागि आयशर ब्राण्डका बस तथा ट्रकको बजारिकरणको जिम्मा ईस्टर्न मोटर्स प्रालिले लिएको छ । जुन नेपालको चिरपरिचित पुरानो बिजनेश हाउस पनि हो । आनन्दराज वताश यो कम्पनीका अध्यक्ष हुन् । पोखरामा आयशर ब्राण्डको डिलर अटोवेजले लिएको छ । जुन नारायण पौडेलको नेतृत्वमा संचालित छ । अटोवेजमा लामो समयदेखि यातायात व्यवसायमा अनुभव भएका जानकार र व्यावसायिक समुह कार्यरत छ ।

आयशर ब्राण्डका ट्रक र बसहरु नेपालमा आउन थालेको दुई दशकभन्दा बढि भैसक्यो । यसले नेपाली बजारमा आफ्नो फरक पहिचानसहित बलियो उपस्थिती जनाईसकेको छ । आयशरले नेपालका लागि पहिलो बिएस थ्री मापदण्डको गाडीहरु उपलब्ध गराईरहेको छ । जुन यूरो थ्री मापदण्ड सरह नै हो । यो ब्राण्डमा कम्पनीले लाईट, हेभी ट्रकहरु र बसहरु उपलब्ध गराउँदै आएको छ । यो ब्राण्डका गाडिहरु खासमा ईन्धनमैत्री र सुलभ भएका कारण बढि चर्चित छन् ।

आयशर ब्राण्डका ट्रक र बसहरु भारतबाट २५ वटा मुलुकमा विक्रि हुँदै आएको छ । साउथ एशिया, मिडल ईस्ट, अफ्रिका आयशर ब्राण्डका ट्रक र बसहरुको प्रमुख बजारहरु हुन् ।

कमेन्टहरु
Loading...