सराङकोट स्थित जनजागृती मावि पदेलीमा शैक्षिक सामाग्री वितरण

पोखरा, १५ पुस/मर्दिखोला शैक्षिक प्रतिष्ठानले १८ औ वार्षिक उत्सवका अवसरमा सराङकोट स्थित जनजागृती मावि पदेलीलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमका बिच पुर्व वनमन्त्री किरण गुरुङ्ले शैक्षिक सहित विज्ञान प्रयोगशाला सामाग्रीहरु वितरण गर्दै शैक्षिक उन्नयन र विकासमा प्रतिष्ठानको उक्त कार्य प्रशंनिय रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीका सल्हाकार नारायण दाहालले व्यावहारीक शिक्षाको अभावमा दैनिक हजारौ युवाहरु विदेशिने क्रम रहेको उल्लेख गर्दै शैक्षिक विकासमा सामुहिक योगदान गर्नुपर्नेमा जोड दिए । यस्तै सांसद रामहरी खतिवडाले नेपाली नेताहरु व्यक्तिगत, संस्थागत र राजनीतिक स्वार्थले प्रेरित हुदाँ मुलुक समस्यामा परेको उल्लेख गरे ।

सांसद सिता गिरी ओलीले कुरा भन्दा काम गरेर देखाउने बेला भएको बताइन् । कार्यक्रममा वि.व्य.सका सदस्य प्रेम जिसी, नेकपा एमाले क्षेत्र नं. ४ का क्षेत्रिय अध्यक्ष विष्णु केसी, विद्यार्थी विनय भुजेल, अनिल लामिछाने, प्रतिष्ठानका संस्थापक डा.राम गिरी लगायतले शुभकामना दिएका थिए । प्रतिष्ठानले शैक्षिक÷विज्ञान प्रयोगशाला सामाग्री रु.४०÷४० हजार बराबरको प्रदान गरेको जनाईएको छ ।

गत वर्ष प्रदान गरिएका विद्यालयहरुलाई समेत थप १०÷१० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष गोपाल गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य रामचन्द्र सुवेदी र संचालन सचिव सुर्य भण्डारीले गरेका थिए ।

कमेन्टहरु
Loading...