पोखरामा इक्यान शैक्षिक मेला शुक्रबार देखि

पोखरा, २६ साउन/नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)को आयोजनामा शुक्रबार देखि पोखरामा बृहत इक्यान शैक्षिक मेला सुरु हुदैछ । पोखराको सभागृहमा संचालन हुने ५ औ इक्यान मेला तीन दिन सम्म सञ्चालन हुनेछ ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली बारेमा जानकारी, प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरेको नेपाल शैक्षिक पारमर्श संघ कास्की (इक्यान) का अध्यक्ष मीलन तिवारीले बताए ।

‘मेला बिगतको भन्दा बृहत हुनेछ । विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीतिको बारेमा हामी मेलामा जानकारी गराउँछौ,’ तिवारीले भने ‘विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर वेदेशिक अध्यनका लागि सुसूचीत गराउनु नै मेलाको उद्धेश्य हो ।’

५ वर्ष देखि सञ्चालन हुदै आएको मेला २९ गते आइतबारसम्म पोखरा सभागृहमा सञ्चालन हुनेछ । मेलाको तयारी पूरा भइसकेको मेला संयोजक एवं इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । मेलामा स्वदेशदेखि विदेशका शैक्षिक परामर्शदाता र कलेजहरुका प्रतिनिधि सहभागी हुनेछन् । मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृतप्राप्त परामर्शदाताहरुको झन्डै ६५ स्टल रहने बताए ।

मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुतिमा हुने मेलाको शीर्ष प्रायोजक बिकन प्रिमियर इन्टरनेसनल इजुकेसन प्रालि छ । एसोसियट पार्टनरको रुपमा फरेन लिंक छ भने पावर्डबाईमा एक्स्पर्ट एजुकेसन एन्डा भिसा सर्भिसेस छ । मुख्य प्रायोजन किङफिसर इजुकेसनले गरेको मेलाको सपोर्टटेडबाईमा ट्रिनिटी इजुकेसन फाउन्डेसन छ । मेलामा क्विन्स फोर्ड कलेज, नर्स ट्रेनिङ अस्ट्रेलिया, सिड्नी मेट्रो कलेज र प्यासिफिक कलेज अफ टेक्नोलोजीको विशेष सहभागिता रहेको थापाले बताए ।

आइइएलटिएस परीक्षा लिने आइडिपी अस्ट्रेलिया र ब्रिटिस काउन्सिलका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष सल्लाह लिन पाउने मेलाका सञ्चार संयोजक पूर्णचन्द्र न्यौपानेले बताए । ‘अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन लगायत देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको मेलामा सहभागिता रहने छ,’ न्यौपानेले भने, ‘यो प्रदेश नम्बर ४ को सबैभन्दा ठूलो शैक्षिक मेला हो ।’

मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, सम्बन्धित देशको विद्यार्थी भिसा नीतिका साथै सम्भाव्य अवसर र चुनौती सम्बन्धी प्रभावकारी सूचना एवं परामर्श निःशुल्क प्रदान गरिने इक्यान कास्कीका सचिव भुवन क्षेत्रीलले बताए । मेला सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने र झन्डै ३ लाख बचत गरेर विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गरिने आयोजकले बताएका छन् । करिब १५ हजार विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...