कस्तो सपनाको फल कस्तो हुन्छ (सपनाको फल)

जसरी दिन रात हुन्छ त्यसै गरि दिन रातको काम र सपनाले मानिसको जिवनमा विषेश सङकेत गरेको हुन्छ ।

सपना
सपना

मानिस आरामका लागि सुतेका बेला सपना देख्ने गर्दछ । त्यही सपनाले शुभ वा अशुभको सङकेत गरेको हुन्छ ।

स्वप्न–फलके सम्बन्धमा निम्म कुरा सम्झु पर्दछ ।
१ राति ३ बजे देखि सूर्योदयपूर्वको सपना ७ दिनमा फलप्रद ।
२ मध्यरात्रिको सपना एक महिनामा फलप्राप्ति ।
३ मध्यरात्रिको भन्दा पहिलेको सपना एकवर्षमा ।
४ दिनमा देखेको सपना महत्वहिन हुन्छ ।
५ एकरातमा धेरै सपना देखिएमा अन्तिम नै फलप्रद हुन्छ ।
६ अस्वस्थ र असंयमीको सपना व्यर्थ हुन्छ ।

अनार खाएको देखेमा – धन र सन्तानको प्राप्ति ।
अलि अलि बादल देखेमा – रोगबाट लाभ ।
ऊँट देखेमा – अपार धन प्राप्ति हुनु ।
आकाश देखेमा – ऐश्वर्य बृद्धि, सन्तान हुनु ।
आगो उठाएको देखेमा – अवैध धन प्राप्ति ।
ओछ्यान लगाएको देखेमा – दीर्घायु र सुख बृद्धि ।
आगो बालेर समातेमा – कष्ट हुनु, व्यर्थव्यय हुनु ।
ओढ्ने कम्बल देखेमा – बदनाम हुनु ।
औठी लगाएका देखेमा – धनलाभ र प्रशन्नता ।
कलम देखेमा – महान व्यक्त्तिसँग भेट हुनु ।
कपाल देखेमा – धनलाभ हुनु, रोगबाट मुक्त हुनु ।
कपाल कोरेको देखेमा – ऋणबाट मुक्त, स्त्री–पुत्र हुनु ।
किला ठोकेको देखेमा – बुढो मान्छेबाट लाभ ।
कोइला देखेमा – व्यर्थमा झगडा हुनु ।
कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु ।
कुवाको पानी देखेमा – विविध लाभ र विजय ।
कैची देखमा – झगडा र विवाद बढ्नु ।
घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु ।
घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु ।
घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु ।
घोडा देखेमा – संकट नाश हुनु ।
घोडा चडेको देखेमा – ठूलो पद पाउनु ।
चश्मा लगाएको देखेमा – विद्धता बढ्नु ।
जंगल देखेमा – दुःख नाश र विजय ।
जहाज देखेमा – परेशानी हट्नु र व्यय ।
चाँदी पाएमा वा देखेमा – धन र अहंकार बृद्धि ।
झरना देखेमा – दुःख दुर हुनु ।
टोपी देखेमा – दुःख नाश भएर, उन्नति हुनु ।
ठूलो पर्खाल देखेमा – सम्मान बढ्नु ।
डोरी देखेमा – यात्रामा परेशानी र झन्झट हुनु ।
ढोका देखेमा – ठूलो बडासँग मित्रता हुनु ।
ढोका बन्द देखेमा – परेशानी र चिन्ता हुनु ।
दलदल देखेमा – सन्तान प्राप्ति हुनु ।
दाँत माझेको देखेमा – पापको प्राश्चित हुनु ।
दाँत भाँच्चिएको देखेमा – दुःख र भन्झट हुनु ।
धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु ।
पर्वत चढेको देखेमा – पदोउन्ती वा प्रसिद्ध हुनु ।
पत्र पढेको देखेमा – शुभ समाचार, परिश्रम ।
प्रकाश देखेमा – उच्चकोटीको साधु बन्ने ।
पानी पिएको देखेमा – राज्यबाट लाभ ।
फलाम देखेमा – कुनै धनवानद्धारा लाभ ।
बजार देखेमा – दरिद्रताको नाश हुनु ।
बलेको दियो देखेमा – आयु बुद्धि हुनु ।
बहर वा गाई देखेमा – मोटो लाभ, दुब्लो दुख ।
बादल देखेमा – विरक्ती र परेशानी बढ्नु ।
बिरालो देखेमा – चोरी हुनु, शत्रु बढ्नु ।
भ¥याङग देखेमा – सुख सम्पती बढ्नु ।
मरेको मान्छे सँग कुरागरेमा देखेमा – मनोकांक्षा पुरा हुनु ।
मरेको मान्छे बोलाएको देखेमा – विपत्ति आउनु ।
मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु ।
रत्न या मणि देखेमा – दुःख बढ्नु, अपव्यय हुनु ।
रातो फुल देखेमा – पुत्रबाट सुख र भाग्योदय ।
रोटी खाएको देखेमा – पदोन्नति र धन बढ्नु ।
लठ्ठी देखेमा – ठुलो नाम हुनु ।
वर्षा देखेमा – सुख र प्रसन्नता प्राप्त हुनु ।
सुकेको बगैचा देखेमा – विपत्तिमा फस्नु ।
सुख्खा अन्न खाएको देखेमा –कष्ट र व्यर्थ परेशानी हुनु ।
सुगन्ध लगाएको देखेमा – रोगबाट मुक्ति पाउनु ।
सुराही देखेमा – आवारासँग संगत हुनु ।
सेतो फुल देखेमा – दुःखबाट छुटकारा पाउनु ।
सिंहाशन देखेमा – धेरै सुख पाउनु ।
हरियो बगैचा देखेमा – पदोन्नति र लाभ हुनु ।

कमेन्टहरु
Loading...