क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह

कास्कीको पार्चे गाविसमा कम उचाईमा हिमताल

पोखरा, २६ असार /कास्कीको उत्तरी भेगमा रहेको क्हफुचे  (गोप्चे) हिमताल बढ्दै जादा मादी तटिय क्षेत्रमा खतरा बढेको एक प्रतिबेदनले देखाएको छ । क्हफुचे हिमतालको बढ्दै जादा सम्भावित प्रभाब अध्ययन सम्बन्धमा प्रर्तिबेदन पोखरामा शनिबार प्रस्तत गर्दै खतरा बढेको औल्याएका हुन् ।

जिओनेट कनेक्सन प्रालि, पृथ्वीनारायण क्याम्पस भुगोल विभाग र विभिन्न संस्थाको सहयोगमा गरेको अध्ययनले खतरा बढ्को दखाएको जिओनेट कनेक्सन प्रालिका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए । उनले हिमताल बढ्दै गएका कारण माथिबाट चटान सहितको पहिरो आएमा मादी तटमा रहका बस्तीहरु खतरामा पर्ने जानकारी दिए । उनले तल तल माटो कम्जोर रहेको भन्दै तल रहेका खोलाहरुले ठेलीए भने सेती नदीमा जस्तै बाढी जान सक्ने बताए । सिक्लेस देखि दमौली सम्म मादी नदीको वारी पारी दुई सय मिटर छाडेर नयाँ समरचना निमार्णका लागि सुझाब दिए ।

क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह
क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह

उनले यो हिमताल करिब १६ बर्ष अघिमात्र उत्पती भएको बताए । सन् २ हजारको स्याटालाइट इमेजमा सो स्थानमा केही आकृतिका खाल्डाखुल्डी र हिउँ खसेको आकृति देख्न सकिने उनले बताए । उनले २००५ मा आईपुग्दा यो खाल्डो बढेर पोखरीमा परिणत भएको अध्ययना देखिएको छ । त्यतिबेला १६ हजार ७ सय ३४ मिटर स्क्वायर पानी रहेको अनुमान टोलीले गरेको छ । २०१० सम्म आईपुग्दा ९८ हजार ६ सय दुई स्क्वायर मिटर पानी र २०१६ मा बढेर १८ लाख ८८ हजार क्यू फिट पानी रहेको अनुमान गरिएको छ । करिब १० दशमलव ४० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको लम्बाई ४ सय मिटर र चौडाई ३ सय ४८ मिटर रहेको पौडेलले बताए ।

कास्कीको पार्चे गाबिस स्थित रहेको ‘कह्फुचे’ ताल समुन्द्र सतह देखी कम उचाइमा रहेको संसारकै एकमात्र हिमताल ताल भएको उनले जानकारी दिए । यो ताल समुन्द्र सतह देखी २ हजार ४ सय पैतिस मिटरको उचाईमा अबस्थित छ । स्थानिय गुरुङ जातीहरुको बसोबास रहेको सो तालको नाम गुरुङ भाषा अनुसार नै नामाकरण गरिएको हो । जसको अर्थ कह् स् हिउँ ,फू स् खसेको र चे स् समथर ठाउँ भन्ने हुन्छ ।

क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह
क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह

यस जलाधारलाई ३५ वटा गाबिस, र ४ वटा नगरपालिकाले छोएको छ । यसै ताल सहित ९ वटा तालको जिल्ला भनेर चिनिएको कास्की जिल्ला अब १० वटा तालको जिल्ला र संसारकै सबैभन्दा कम उचाइमा रहेको हिमतालको जिल्ला भनेर चिनिने छ । हिउँ पग्लेर ताल बनेको हुँदा सो स्थानमा चौबिसै घण्टा हिउँ खसेको देख्न सकिन्छ । पर्यटकिय सम्भाबना र पूर्वाधारलाई दृष्टिगत गर्दै बिकास गर्न सके सो क्षेत्र ट्रेकिंङको लागि उत्तम हुने टोलिको ठहर छ । सिक्लेस हुँदै ट्रेकिंङमा निस्कनेहरू पर्बतीय शृंखला हुँदै मनांङ सम्मको यात्रा तय गर्न सक्ने उनिहरु बताउछन् ।

बिशेष गरी हिउँ बगेर आएको क्षेत्र तर्फ नै तालले बाटो बनाएको हुँदा र वरपर खाली भुभाग पर्याप्त रहेको हुँदा तत्काल ताल फुट्ने सम्भाबना कम रहेको अध्ययन टोलीको अनुमान छ । तर पनि तालमा पानीको मात्र बढ्दै जाँदा केहि भन्न नसकिने टोलीको अध्ययनमा उल्लेख छ ।

क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह
क्हफुचे हिमतालले मादी नदी किनाराको बस्ती जोखिममा, सचेत हुने आग्रह

टोलीका अनुसार हिमताल फुटेमा क्हपुचे, हुँगु, चत्क्यु, सिक्लेस हाइृड्रोपावर, सवि, मुङलेवेसी, करापुटार, पिप्ले, सिसाघा हुँदै दमौलीसम्मको क्षेत्रमा वसोवास गरेका मानव वस्तीदेखि मादी नदी किनारका २ सय मिटरसम्मका घर तथा गोठलाई क्षती पुग्नसक्छ । यस्तै टोलीले खोला सतह देखी ५ मिटरको उचाइ सम्म अत्यन्त जोखिम एरिया भनेर सचेत गराएका छन् । पोखरा देखी मोटरेबल बाटो र पैदल गरेर सो स्थानमा पुग्न झन्दै डेढ दिन लाग्दछ । तस्विर ः अध्ययन टोलीबाट

कमेन्टहरु
Loading...