पोखराको डेविजफल्समा खसेका किशोरको चार दिनपछि उद्धार

पोखरा, ९ साउन /पोखरा १७ डेभिजफल्स र फुस्रेखोलाको दोभानको खोल्सामा माछा मार्न गएका एक किशोरको ४ दिनपछि सकुशल उद्धार गरिएको छ ।

चार दिन पहिला माछा मार्न गएका १६ वर्षीय अञ्जन सुनार खोल्सामा खसेका थिए ।

खोल्सामा खसेका उनको बिहीबार सशस्त्र प्रहरी गण पोखरामा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्र विष्टको टोलीले उद्धार गरेको हो ।

अञ्जनको अहिले पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...