पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने २ जना पक्राउ

पोखरा, २ माघ /पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । महिलाले गलामा लगाएको सिक्री चार्दे गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिरगञ्ज २३ पर्सा बस्ने १८ बर्षका निरज राय यादव र पर्सा निचुटा बस्ने १८ बर्षका विकास सिह छन् । उनीहरुलाई थप अनुसन्धान भैरहेको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।

ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको थियो । त्यसैले प्रहरीले विशेष निगरानी बढाएका कारण दुई जना पक्राउ परेको उनले बताए । पक्राउ परेकालाई चोरी मुद्धामा कारबाही हुने प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...