पोखराका विद्यार्थी, धर्म प्रचारमा संलग्न दुई जापानी नेपालबाट निकालिए

काठमाडौं, ९ बैशाख /गृह मन्त्रालयले दुई जापानी नागरिकलाई नेपालबाट निकालेको छ । पोखरामा बसेर धर्म इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध समेत लगाएको छ । उनीहरू विद्यार्थी भिसामा नेपाल आएर पोखरा बस्दै आएका थिए ।

पोखरा महानगरपालिका ११ फूलबारी स्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरूले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

अध्यागमन विभागको प्रस्तावमा गृहसचिव प्रेम कुमार राईले ‘सचिव स्तरीय’ निर्णयबाट चैत २७ मा उनीहरूलाई निष्कासन गर्ने निर्णय भएको थियो । कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने संविधानमा उल्लेख छ।

गृहले अहिलेसम्म धर्म प्रचारमा संलग्न ७ विदेशी नागरिकलाई निष्कासन गरिसकेको छ । पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भए पनि मासाहिरो र युकारी रूपन्देहीको सैनामैना नगरपालिका स्थित सालझण्डीमा डेरामा बस्दै आएका थिए ।

बाइबल लगायत सामग्री लिएर धर्म प्रचार गरेको पाइए पछि प्रहरीले उनीहरूलाई चैत २२ गते पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो ।

अन्नपुर्णपोष्ट डटकमबाट

कमेन्टहरु
Loading...