दार्र्जलिङ्गमा लालीगुराँस ढकमक्क

कर्मयुग

दार्जीलिङ्ग पहिला हाम्रै देशको सुन्दर भुभाग हो । सुनौली सन्धीपछि दार्जीलिङ्ग भारतमा गाभियो । लाखौँ नेपालीहरुको बसोबास छ दार्जिलिङ्मा, । भाषा कति सुन्दर छ, नेपाली । दार्जीलिङ्ग भारतको भएपनि दार्जीलिङ्गमा नेपाली भाषा मुख्य छ । धेरै उचाईमा रहेको दार्जीलिङ्को हावापानी उष्णचिसो खालको हुन्छ । फागुनदेखि लालीगुराँस फुल्न थाल्छ भने चैत र बैसाख महिनाभरि दार्जीलिङ्लाई पुरै लाली गुराँसले ढाक्छ ।

दार्र्जलिङ्गमा लालीगुराँस ढकमक्क
दार्र्जलिङ्गमा लालीगुराँस ढकमक्क

नेता विमल गुरुङ भन्छन् । हाम्रो गोर्खाली पूर्खाको रगतले बचेको हो भारत । र अहिले बाँचेको छ । नेपालीहरुको महान् विरता र बहादुरीले बचेको हो भारत । हाम्रो पूर्खाको त्याग, बलिदानी र पसिनाको मूल्य चाहिन्छ दार्जीलिङ्गलाई । अब दार्जीलिङ्गलाई गोर्खाल्याण्ड भनी घोषणा गरियोस् ।

आहा, कति सुन्दर छ । दार्जीलिङ् तलतल बेसी देखि माथि माथि सम्म चियाबारीको पुरै डाँडो चिया बखानले भरिएर हरियाली छाईरहन्छ । एउटा दार्जीलिङ्बासीको अनौठो विशेषता छ । उनीहरुले नेपालबाट आएको भन्नै हुँदैन । नेपाली भाषा बोल्नै हुँदैन । कति मिठो आत्मियता प्रकट गर्दछन् । उनीहरु भन्छन् दाजु नेपालबाट आउँनु भएको हो । कहिले आउँनु भयो । कति बस्नु हुन्छ होला खै, त्यहाँको महिलाहरुको आत्मियताले मलाई कता–कता मेरै देशको नेपाली आत्मियताले छोएको अनुभूति भयो । मलाई । त्यहाँ नेपाली भाषाका आविष्कार आदिकवि भानुभक्तलाई अति पुज्दा रहेछन् ।

भानु चोक छ भानुको मात्र विशाल मूर्ति छ । दार्जीलिङ्गबासी भानुचोकलाई विशाल दार्जीलिङ्गको पार्क बनाएकाछन् ।

दार्जीलिङ्गबासीले । भानु चोक छ भानुको मात्र विशाल मूर्ति छ । दार्जीलिङ्गबासी भानुचोकलाई विशाल दार्जीलिङ्गको पार्क बनाएकाछन् । नेपाली भाषाको अतितको मिठो आत्मियता दार्जीलिङ्गमा पाइन्छ । उनीहरु जति नेपालीलाई माया गर्छन्, जति बहादुरी ठान्छन् त्यति मधेशीलाई ठान्दैन् । मधेशीको विश्वास उनीहरुलाई लाग्दै लाग्दैन जति नेपालमा भएको विश्वासलाई ठान्छन् । दार्जीलिङ्गबासी लाप्पा दाजुबाट म त्यहाँ १ हप्ता बस्दा यस्तै कुरा थाहा पाए । दार्जीलिङ्गबाट सिक्कम जाने बाटो कति रमाईलो छ ।

सिक्कमबाट नेपाली भाषाको पत्रिका प्रजाशक्ति निस्कन्छ दैनिक भने दार्जीलिङ्गबाट हिमालय खबर निस्कन्छ दैनिक । गोर्खाल्याण्डका एक होनाहार नेता विमल गुरुङ अझै दार्जीलिङ्लाई गोर्खा ल्याण्ड राज्य बनाउँने कार्यमा अहोरात्र खटिरहुन भएको देखिन्छ । त्यहाँबाट निस्कने नेपाली भाषा पत्रिकाले नेता विमल गुरुङले दैनिक गर्ने कार्यक्रमको बारेमा हेड न्यूज बनेर छापिन्छ । नेता विमल गुरुङ भन्छन् । हाम्रो गोर्खाली पूर्खाको रगतले बचेको हो भारत । र अहिले बाँचेको छ । नेपालीहरुको महान् विरता र बहादुरीले बचेको हो भारत । हाम्रो पूर्खाको त्याग, बलिदानी र पसिनाको मूल्य चाहिन्छ दार्जीलिङ्गलाई । अब दार्जीलिङ्गलाई गोर्खाल्याण्ड भनी घोषणा गरियोस् ।

बजार क्षेत्र बिहीबार बन्द हुन्छ । बजार १० बजे खुलेर साँझ दैनिक ६ बजे बन्द हुन्छ । बजार बिहानै खुल्दैन । किनकि दार्जीलिङ्ग घाम लागेपनि चिसो मौसम भएको ठाउँ हो । यहाँबाट हाम्रो देशको सुन्दर कन्चनजंङ्गा हिमाल देखिन्छ । तर भारतबासीले हाम्रो देशमा पर्छ भनेको मैले सुने । कताकता बुद्ध जन्मेको लुम्बिनीलाई यी भारतीयहरुले नक्ककली लुम्बिनी भारतमा बनाएर बुद्ध भारतमा जन्मेका हुन् भनेर ठागी त गर्दैनन् भन्ने शंका जस्तै लाग्यो मलाई ।

दैनिक मासु भात रु. ६० मा पाइर्एपनि बस्नलाई महंङ्गो छ । भारु. ५०० भन्दा मूनिको कुनै होटममा रुम नै हुँदैन । गाउँमा भाडाँमा कोठा लिदा ६०० देखि १००० भारुसम्म राम्रो राम्रो घरमा कोठाको मिल्दो रहिछ । दार्जीलिङ्गको एउटा विशेषता यहाँ नर्सरी पढ्ने नानीहरुले ईग्लिस् बोल्छ । घरका सबै बुवा आमाले ईग्लिस् नै बोल्छन् । कति कति बेला प्राय सबै कामकाजमा नेपाली बोल्छन् । मिठो, सुन्दर गरेर । कलेज पढ्ने दिदी बहिनी सारीमा कलेज जान्छन् रेशमी सारीमा निकै तेजिलो पारामा ईग्लिस्मा कुराकानी गरिरहेको सुनिन्छ ।

केटाहरु कोटमा टाई, सुट लगाएर कलेज जान्छन् । ईग्लिस् तेजिलो बोल्छन् भने चिसोको टाईमपासमा चुरोट पिउँछन् । महिनाको ७ लाख खर्च हुने विद्यालय, कलेजहरु छन् । दार्जीलिङ्ग ब्रिटीसले आफू बस्नको लागि रोजेको हुनाले ब्रिटीसहरुले निर्माण गरेका चर्च, नगरपालिका, होटेल, हिन्दू मन्दिरहरु अझै छन् । पुराना स्मृतिहरु बनेर रहेका छन् । राजा दिपेन्द्रले पनि दार्जीलिङ्गमा नै पढेका थिए । भने भारतका हिरो अमिताभ बच्चन जस्ता होनहार व्यक्ति पनि दार्जीलिङ्गमा अध्ययन गरेका थिए ।

बजारमा सामान दार्जीलिङ्गमा महंगो छ । दार्जीलिङ्गमूनि हाम्रो देशको काकडभिट्टा देखि ४५ किलोमिटर पर सिलगुडीमा सामान सस्तो पाईन्छ । सिलगुडीबाट दार्जीलिङ्गको लागि भारु १३० रुपैयाँमा भेन गाडी लाग्छ । करिब साढे ३ घण्टाको उकालोमा दार्जीलिङ्ग पुगिन्छ । मैले त्यता टिस्टा नदीको कुरा सुने त्यो नदी पनि हाम्रै थियो । सुनौली सन्धीपछि भारतले लियो । मन दुख्यो । दार्जीलिङ्गबासी नेपाललाई काठमाण्डौँ भन्दा रहेछन् । भारत र नेपालको सिमानामा दार्जीलिङ्बासी तथा सिक्किमबासीले पशुपतिनाथ बनाएका रहेछन् । डुब्लिकेट । मलाई उनीहरुले नेपालप्रति देखाएको आदर र सत्भाव प्रिय स्मरण बनेर आयो ।

कमेन्टहरु
Loading...