पोखरामा बजार अनुगमन तराजु र मानापाथी नियन्त्रणमा

पोखरा, २३ साउन / पोखरामा बिहीबार बिहान बजार अनुगमन हुदाँ तराजु र मानापाथी नियन्त्रणमा लिएका छन् ।

पोखरामा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल कार्यालय र उपभोक्ता मञ्च कास्की सहितको संयुक्त बजार अनुगमन टोलीले बजारमा प्रयोग भै रहेका अबैध नापतौल र मानापाथी नियन्त्रणमा लिएको हो ।

टोलीले इप्रिङ तराजु ३१ वटा, माना १९ वटा र अन्य १९ गरि जम्मा ६९ वटा नियन्त्रण लिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालले जानकारी दिए ।

यी सामग्री बिशेषत गरेर फलफुल, तरकारी, मसला खरिद बिक्रीमा बढी प्रयोग हुने गरेको र उपभोक्ता ठगीने गरेको उनले बताए । नेपालमा कानुनत ढक तराजु , लिटर र मिटर मात्रै प्रयोग गर्न पाइन्छ ।

कमेन्टहरु
Loading...