दीपक मनाङेले गण्डकी प्रदेश सांसदको सपथ

पोखरा, १४ माघ /मनाङ ख बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ ले सपथ लिएका छन् । उनलाई गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार साँझ सपथ खुवाएका हुन् ।

सपथ खुवनए लगत्तै सभामुख अधिकारीले टीका र खादा लगाइदिए, त्यसपछि आन्तरिक मार्मिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, नेकपाका नेता मायानाथ अधिकारी र कृष्ण थापाले बधाइ दिए ।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि पुस दोस्रो साता गुरुङले सभामुखको कार्यालयमा निवेदन दिएका थिए । सभामुख अधिकारीले मुख्य न्यायाधीवक्ता र कानुनका जानकारसँग छलफल गरे पछि सपथ खुवाएका हुन् ।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उम्मेद्वार गुरुङ निर्वाचित भएका थिए । सपथ उनले केही झझटीला कामका कारण लामो समय लागेको बताए ।

गुरुङलाई सपथ खुवाउनुपर्नेमा नेकपाका सांसदहरू छन् थिए भने प्रतिपक्षी कांग्रेसले सपथ खुवाउन नमिल्ने बताउँदै आएको थियो ।

कमेन्टहरु
Loading...