दिपेश स्मृतीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

पोखरा, ७ फागुन /बैदाम क्लवको आयोजनामा शुक्रबारदेखि दिपेश टण्डन स्मृतीमा अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोतिगा शुरु भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला संयोजक विष्णुबहादुर भट्टराईले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे ।

दिपेश स्मृतीकप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु
दिपेश स्मृतीकप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु

प्रतियोगिता उद्घाटनद गर्दै भट्टराईले अहिले फुटवल खेलाडीहरुले सागमा स्वर्ण जितेर मुलुकको शिर उच्च पारेका बताए । साथै राज्यले पनि खेलाडीहरुलाई गरेको सम्मानको कदर गर्दै निरन्तर फुटवलमा लागे सफलता हाँसिल गर्न सकिने बताए । प्रतियोगिताको उद्घाटन खेल आयोजकको ‘वि’ टोलिले नाउँडाँडाको अनुपम युनाइटेडलाई ५–१ गोलले पराजित ग¥यो । खेलमा आयोजकको तर्फबाट सञ्जय बुढाथोकिले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे भने अनिल विक र मोहन पंगेनीले एक एक गोल गरेका थिए । नाउँडाँडाको तर्फबाट रबिन्द्र पाण्डेले सान्त्वना गोल फर्काएका थिए ।

क्लवका अध्यक्ष विमल न्यौपानेको अध्यक्षतमा भएको उद्घाटन समारोहमा क्लवका संरक्षक हिरु पुन, सल्लाहकार तिलक क्षेत्री, स्वर्गिय दिपेश टण्डनका पिता गणेश टण्डन लगाएतले प्रतियोगिता सफलताकोे शुभ–कामना व्यक्त गरेका थिए । सोही समारोहमा क्लवका अध्यक्ष विमल आँफु अध्यायनको शिलशिलामा विदेश जान लागेको हुँदा सोहि कार्यक्रम आफ्नों कार्यकालको अन्तिम कार्यक्रम भएको जानकारी दिंदै क्लवका उपाध्यक्ष दिपेन्द्र पहारीलाई कार्यभार सुम्पिएको घोषणा पनि गरे । कार्यक्रम क्लवका सचिव निर्मल पहारीले संचालन गरेका थिए भने प्रतियोगिता संयोजक विकास थापाले स्वागत गरेका थिए ।

१४ गते सम्म संचालन हुने प्रतियोगितामा यहाँका विभिन्न ३२ टिमले भाग लिएका छन् । लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा भएको प्रतियोगिताको विजेताले नगद रु १ लाख सहित शिल्ड मेडल तथा उपविजेताले नगद ४५ हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । क्लवका सक्रिय सदस्य दिपेश टण्डनको गत वर्ष असामयिक निधन भएको थियो । उनैको स्मृतीमा डिहिकोपाटनमा पार्क निर्माण गर्ने उद्येश्य लिएर क्लवले प्रतियोगिता आयोजना गरेको हो ।

कमेन्टहरु
Loading...