विद्यार्थीलाई प्रशिक्षणः कास्की प्रहरी प्रमुख कार्कीलाई हत्गढी

सुमन ढुंगाना / सागर राज तिमिल्सिना
पोखरा, ६ साउन/ कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्की हातमा हत्गढी लागेको छ । सोमबार कास्की प्रहरीको हाता भित्रै हत्गढी लागेको हो । हत्गढी खोल्न सिपाही चाँबी ल्याए पनि एउटा मात्रै खुले पछि पुन केही बेरमा अर्को चाँबी ल्याएर खोल्नु पर्ने भएको थियो ।

उनले साना साना विद्यार्थीहरुलाई प्रहरी र प्रहरीले काम गर्ने बारेमा विद्यार्थीलाई सिकाएका थिए । विद्यार्थीले हत्गढी के हो र किन लगाइन्छ भन्ने प्रश्नमा कार्कीले हत्गढीका बारेमा विद्यार्थीलाई बुझ्ने भाषमा प्रयोग गरेर देखाएका थिए ।
………………….

विद्यार्थीलाई प्रशिक्षण गर्ने क्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्की हत्गढी लगाएर देखाउदै
विद्यार्थीलाई प्रशिक्षण गर्ने क्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्की हत्गढी लगाएर देखाउदै

साना साना नानीबाबुहरुलाई डर देखाउनको लागि जे कुरामा पनि पुलिस बोलाइ दिन्छु भन्ने चलन हाम्रो समाजमा छ । जसका कारण उनीहरुको मनमा सानै देखी प्रहरी प्रति नकारात्मक भावना पैदा हुदै आएको छ र प्रहरी भन्ने वित्तिकै डराउ छन् बालबालिकाहरु । तर प्रहरी डर हैन बरु बालबालिकाको साथी हो भन्ने सन्देश प्रबाह गर्न कास्की प्रहरीले अभियान नै थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार स्कुलकै पोशाकमा ४० जना साना बालबालिकाहरु पुगे । विद्यार्थीले कुनै गलत काम नै गरेका हुन् नत प्रहरीले उनीहरुलाई पक्राउनै गरेको हो । बालबालिकाको मन मस्तिस्कमा प्रहरी प्रतिको गलत छाप हटाउन कास्की प्रहरीले प्रहरी संग एक दिन अभियान संचालन गरेको छ ।

त्यही अभियान अन्तर्गत यी विद्यार्थी जिल्ला प्रहरी कार्यालय कास्की आएका हुन् । सोमबार पोखरा महानगरपालिका २५ हेम्जाको हेम्जा बोडिङ स्कुलमा कक्षा ८ मा अध्यनरत ४० जना विद्यार्थीले १ दिन प्रहरी कार्यालयमा बिताए । शान्तिपूर्ण एबम सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कास्की प्रहरीले स्कुले विद्यार्थीलाई लक्षित गरि प्रहरी सँग एकदिन कार्यक्रम संचालन गरेको हो ।

प्रहरी बारे बुझनलाई विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा
प्रहरी बारे बुझनलाई विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा

बालबालिकामा प्रहरी प्रति रहेको नकारात्मक भावना हट्ने र शान्तिपूर्ण समाज निर्माणमा उनीहरुले पनि प्रहरीलाई सघाउन सक्ने अवस्था सिर्जना गर्न यो अभियानले टेवा पुर्याउने कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर काकीले बताए ।

हाल हप्तामा एक दिन यो अभियान संचालन भएपनि विद्यालय धेरै भएका कारण हप्ता भरी नै संचालन गर्न सक्ने प्रहरी उपरिक्षक कार्कीले बताए । अभियान अन्तर्गत सुरुमा प्रहरी को हो ? प्रहरीले के के काम गर्छ ? कस्ता मान्छेलाई पक्राउ गर्छ ? कुनै नराम्रो भयो भने कसरी प्रहरीलाई खबर गर्ने सकिन्छ भने सिकाएको उनले बताए । त्यसपछि प्रहरीको हरेक कक्षमा बालबालिकालाई लगेर देखाउने गरिन्छ ।

प्रहरी संग १ दिन बिताए पछि विद्यार्थीहरुले प्रहरी प्रतिको भ्रम हटेको बताए । उनीहरुले सबै सुनेर र देखे पछि प्रहरी त हाम्रो साथी पो रहेछ भन्ने थाहा भएको बताए ।

यी बालबालिका त उदाहरण मात्र हुन् हाम्रो देशका धेरै बालबालिकाको मस्तिस्कमा प्रहरी प्रति नकारात्मक प्रभाब पारेको छ । त्यसले गर्दा कतिपय घटनाहरु लुकेका वा लुकाइएका पनि छन् । प्रहरी प्रति बालबालिकाको भावना सकारात्मक हुने हो भने त्यस्ता घटना सार्बजनिक हुन टेवा पुग्ने प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...