पोखराको डेमसाइडमा नेपाली झण्डा सहितको पार्क यस्तो बन्दै

पोखरा, १६ वैशाख/पोखरा १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा माछापुच्छे« प्रतिविम्ब पार्क बनाइने भएको छ । पार्कको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । पोखराका तालहरु र सुन्दरताको संरक्षण गर्न पोखरा महानगरपालिकासँग प्रदेश सरकार पनि सँगै रहेको सन्देश यो कार्यक्रमले दिएको बताए । उनले ताल संरक्षण विकास प्राधिकरणको गठन पनि अन्तिम चरणमा पुगेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले ३ वटै सरकारको समन्वयमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । उनले पार्क निर्माणसँगै पोखराका अर्को पर्यटकीय गन्तव्य थपिने विश्वास व्यक्त गरे । पोखरा महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पोखराको सुन्दरतालाई जोगाउँदै पर्यटनका थप पूर्वाधार निर्माण गर्न महानगरपालिका लागि परेको बताए ।

फेवातालमा माछापुच्छे« हिमाल र राष्ट्रिय झण्डाको एकै समयमा प्रतिविम्ब देखिने गरी पार्कको डिजाइन गरिएको पोखरा महानगरपालिका सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए । उनका अनुसार पार्कमा ८० फिट अग्लो राष्ट्रिय झण्डा राखिने छ ।

पोखराको डेमसाइडमा नेपाली झण्डा सहितको पार्क यस्तो बन्दै
पोखराको डेमसाइडमा नेपाली झण्डा सहितको पार्क यस्तो बन्दै

फेवाताल किनारमा करिब ४ करोडको लगानीमा निर्माण गरिने पार्कमा पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजारमा बिनु कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । बिनु कन्स्ट्रक्सनलाई पहिलो चरणको काम सम्पन्न गर्न आगामी असार २० गते सम्म समय सिमा तोकिएको छ । यो काम गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र पोखरा महानगर पालिकाले आधा÷आधा रकम व्योर्होने छन् ।

आगामी आर्थिक वर्ष ३ करोडको काम गर्ने गरी तयारी गरिएको खड्काले जानकारी दिए । उनका अनुसार पार्क निर्माण पूरा भइसक्दा पार्कमा जाने अर्को पुल निर्माण, पानीको फोहोरा, टिकट काउन्टर, पिउने पानीको व्यवस्था, शौंचालय, बाल उद्यान, पेभेलियन, चिया पसल, खुल्ला व्यायम स्थल र ८० फिट अग्लो राष्ट्रिय झण्डा लगायतका संरचना निर्माण गरिने छ ।पार्क भित्र रहेको नागको मन्दिरलाई पनि व्यवस्थित गरिने खड्काले जानकारी दिए । पार्कको डिजाइन इन्जिनियर किसान गुरुङ र सोफिया गुरुङले गरेका हुन् ।

तस्बिर पनि छ । पार्कको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । फेवाकिनार ड्यामसाइडमा निर्माण गरिने पार्कको डिजाइन ।

कमेन्टहरु
Loading...