साईक्लिङ रेसको उपाधि मल्ल र मगरलाई

पोखरा, २५ मंसिर /अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा शुरु भएको ग्रेट हिमालयन महोत्सवको पहिलो दिन सोमबार साईक्लिङ प्रतिस्पर्धामा पुरुष तर्फ नेपाली सेनाका लक्ष्मण मल्ल च्याम्पियन बनेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातोपैरोबाट शुरु भएको साईक्लिङ प्रतिस्पर्धामा मल्लले २८ किलोमिटरको दुरीलाई एक घण्टा ४० मिनेटमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । त्यसैगरी पोखराका हिकमत विकले १ घण्टा ४६ मिनेटमा पुरा गर्दै दोस्रो र पोखराकै सुमन गुरुङले १ घण्टा ४८ मिनेटमा पुरा गर्दै तेस्रो स्थानमा चिक्त बुझाए ।

महिला तर्फको सोही इभेण्ट प्रतिस्पर्धामा काठमाडौंकी लक्ष्मी मगरले २ घण्टा १ सेकेण्डको समय लगाउँदै च्याम्पियन बनिन्् । काठमाडौंकै सोनी गुरुङले दुई घण्टा १० मिनेटमा पुरा गर्दै दोस्रो बनिन्् भने काठमाडौंकी होमी बुढामगरले दुई घण्टा २१ मिनेटमा पुरा गर्दै तेस्रो स्थानमा आएको कास्की जिल्ला साईक्लिङ संघका कोषाध्यक्ष ईन्द्र गुरुङले जानकारी दिए ।

संग्रहालय हुदैं दोविल्लाबाट निर्मलपोखरी, शिवालयचोकबाट तल झारेर घारीपाटन हुदैं संग्रहालयमा पुगेर रेस टुंगिएको थियो । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित पाँचौ ग्रेट हिमालयन महोत्सवको दोस्रो दिन मंगलबार पुरुष तर्फ हाफ म्याराथन र महिला तर्फ १० किलोमिटरको दौड हुने छ । साइक्लिङ विजेता महिला तथा पुरुष खेलाडीलाई नगद २५, १५ र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । मंगलबार म्याराथनपछि दुवै इभेण्टका बिजेता खेलाडीलाई एकैसाथ पुरस्कार प्रदान गरिने छ । साईक्लिङ रेसमा महिला तर्फ ६ र पुरुष तर्फ २२ जना साईक्लिष्टले प्रतिस्पर्धा गरेका थिए ।

महोत्सवमै एन एम ए टोनी हेगन टुरिज्म पेन्टिङ समेत आयोजना गरिने छ जसलाई पुरस्कार भने ५५ हजार प्रदान गरिने नेपाल पर्वतारोहण संघले उल्लेख गरेको छ । तीन दिने महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति एवं समुदायहरुको साँस्कृतिक नाचहरु समेत प्रदर्शन गरिने छ । खानाका विभिन्न परिकाररुलाई समेत प्रतिस्पर्धा गराई पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

खानाका स्वदिष्ट परिकारलाई १०, ७ र ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने छ । परम्परागत तारो हान्ने खेललाई समेत प्रतिस्पर्धाको रुपमा राखिएको छ । गाँउघरतिर प्रचलित छेलो हान्ने प्रचलनलाई महोत्सवमा प्रतियोगिताकै रुपमा गर्दै प्रवद्र्धन गर्ने संघले जनाएको छ । बोल्डरिङ क्लाम्बिङलाई अन्तर्राष्ट्रियस्तरमा पुर््याउन उद्देश्य सहित प्रतिस्पर्धा गराईने छ ।

कमेन्टहरु
Loading...