करेन्ट लागेर कास्कीको केबुलमा काम गर्ने एक जनाको मृत्यु

पोखरा, २९ चैत/पर्वतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

पर्वतको मोदी गाउँपालिका १ सरौस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका ५ घर भई हाल माझँ किरात केबुल नेटवर्क प्रालि कास्कीमा काम गर्ने २१ बर्षिय डेबिट राईको मृत्यु भए हो ।

लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा करेन्ट लागेको थियो । लप्सिको बोट भन्दा अन्दाजी ३० मिटर टाढा रहेको थ्रि फेज विद्युतको लाईनमा विद्युत सर्ट भई करेन्ट लागेर घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...