गाईको संरक्षणको माग गर्दै विश्वहिन्दू महासंघको ग्यापनपत्र

पोखरा, ५ कात्तिक / गाईको संरक्षणको माग गर्दै विश्व हिन्दू महासंघ सहितका संघसस्थाले ग्यापनपत्र बुझाएका छन् । विश्व हिन्दू महासंघ कास्कीको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत प्रधानमन्त्रीलाई ग्यापनपत्र बुझाएको हो ।

कास्की सहित विभिन्न जिल्लाबाट गाई गोरु विना अनुमति नलिइ स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाबाट गाईगोरु संकलन गरी बिक्री गर्ने गरेको भन्दै आइतबार राति २१ वटा गाईगोरु सहित ट्रक नियन्त्रणमा लिएको थियो ।

ट्रकमा राखेर निर्यात गरिँदै गरेको अवस्थामा पोखरा महानगरपालिका गगनगौडा प्रहरी चौकीले २१ गाईगोरु नियन्त्रणमा लिएको थियो । विश्व हिन्दू महासंघमा आवद्ध प्रतिनिधिले खोजी गर्दा पोखरा–३३ का भीमबहादुर नेपालीले ती जिल्लाका सडकमा छाडिएका गाईगोरु संकलन गरी विदेशमा मासुका लागि बिक्री गर्ने गरेको पाइएको महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालको आरोप छ ।

नियन्त्रणमा लिइएको २१ गाईगोरु भने हेटांैडाका एक व्यापारीलाई पठाउन लागेको प्रहरीले बताएको छ । विगत डेढ वर्षयता पोखराका सडकमा गाईगोरु समेत निकै कम देखिने गरेका छन् । प्रहरीद्वारा नियन्त्रणमा लिइएको गाईगोरु प्रहरी र विश्व हिन्दू महासंघका प्रतिनिधिले पोखरा–१४, बाच्छेबुडुवास्थित काञ्जिहाउसमा लगेर राखिएको छ ।

कमेन्टहरु
Loading...