पोखरामा गाईकाटेर खाने तीन जना पक्राउ

पोखरा, १२ भदौ /पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा गाईकाटेर खानेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा २२ पुम्दी भुम्दी तार भिर बस्ने ३१ वर्षिय बुद्धि बहादुर आचार्य, ४६ वर्षिय पुर्ण बहादुर नेपाली र उनका छोरा १५ वर्षिय दिपक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँको दुर्गा निमाविको पछाडी जंगलमा गाई काटेको भन्ने खबर प्रहरीले प्राप्त गरे पछि सोमबार विहान पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी छोरेपाटनबाट गएको टोलीले पक्राउ गरी गौबध मुद्धा अन्तर्गत मुद्धा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...