देउवा चुनावी मैदानमा, कांग्रेस संस्थापनले सभापति घोषणा गर्ने सकेन

पोखरा, ६ फागुन /कांग्रेसको नेतृत्वका लागि बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी मैदानमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मदेवारी अघि सार्नसम्म सकेको छैन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ। संस्थापन पक्षले नेतृत्वका आकांक्षीहरुबीच सहमति गराउन नसक्दा उम्मेदवार अघि सार्न नसकिएको हो । महाराजगन्जस्थित सशांक कोइराला निवासमा बुधबार बसेको बैठकमा समेत कार्यबाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल हुन सकेन ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म औपचारिक घोषणा नगर्ने भनिएपनि अनौपचारिक सहमति जुटाउन बारम्बारका प्रयास असफल भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरु माझ निराशा छाएको छ । उनीहले अनौपचारिक तवरमा भएपनि तत्काल सभापतिको उम्मेदवार अघि सार्न नेतृत्वलाई दबाव दिदै आएका छन् ।

कमेन्टहरु
Loading...