कोषाध्यक्षमा सीतादेवीको अग्रता कायमै, कास्कीका कृष्णको १३ मत

काठमाडौं, २५ फागुन /नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सीतादेवी यादवको अग्रता कायमै छ।केही बेर अघि सुरु भएको मतगणना अनुसार रामचन्द्र

पौडेल समूहबाट कोषाध्यक्षको उमेद्वार बनेकी यादवले २४७ मत प्राप्त गरेकी छन् भने उनलाई २४३ मत ल्याएर चित्रलेखा यादवले पछ्याइरहेकी छिन्। चित्रलेखा शेरबहादुर देउवा समूहबाट उमेद्वार बनेकी हुन्। कृष्णप्रसाद सिटौला समूहका उमेद्वार उमाकान्त चौधरीले ८६ मत ल्याएका छन् भने कास्कीका कृष्ण कार्कीले १३ मत ल्याएका छन्।

कांग्रेस महाधिवेशन कोषाध्यक्ष
उमाकान्त चौधरी ८६
चित्रलेखा यादव २४३
सीतादेवी यादव २४७
कृष्ण कार्की १३

कमेन्टहरु
Loading...