केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा कांग्रेसमा १ सय ५९ जना आकाँक्षी

पोखरा, १६ असोज /केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्की काँग्रेसमा १ सय ५९ जनाले निबेदन दिएका छन् । कास्कीका केन्द्रमा ३ र प्रदेशमा ६ वटा पदका लागि क्षेत्रीय समितिहरुमा १ सय ५९ जनाको निवेदन परेको हो । जिल्ला समितिले उम्मेदवारहरुको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं. १ मा ५९, क्षेत्र नं २ मा ४५ र क्षेत्र नं . ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिहरुले जनाएका छन् ।

बैठकमा पार्टी भित्रको मर्यादा क्रमलाई ध्यान दिंदै नाम केन्द्रिय समितिमा सिफारिस गर्ने नेपाली काग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले बताए । उनले सबै नाम पठाउने की केही नाम मात्र पठाउने भन्ने बारेमा मंगलबार बस्ने कास्की काग्रेसको पदाधिकारी र क्षेत्रिय समितिको आवश्यक राय पछि मात्रै केन्द्रमा पठाउने निर्णय भएको जानकारी दिए ।

कास्की क्षेत्र नं . १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm वर्तमान कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्या .फत्ते वहादुर गुरुङ्ग, गुरु बराल, तिलक रानाभाट, कृष्ण बहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय सभापति विर्जमान गुरुङ्गले जानकारी दिए ।

त्यस्तै गरी प्रतिनिधिसभाको समानुपातिकतर्पm गौरी सापकोटा, सरस्वती गुरुङ्ग, परशुराम वी पोखरेल, पदमशरण रेग्मी, तारा अधिकारी र हुम वहादुर गुरुङ्गले आकाँक्षा देखीएका छन् । क्षेत्र नं १ (क ) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्पm २३, समानुपातिकतर्पm ८, क्षेत्र नं . १ (ख) को प्रत्यक्षतर्पm ६ र समानुपातिकतर्पm ८ जनाले निवेदन दिएका छन् ।

यसरी नै क्षेत्र नं . २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सोभियत वहादुर अधिकारी, ऋृषिराम काफले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरु प्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताए ।

त्यस्तै समानुपातिकतर्पm रजनी के .सी, सकुन्तला कोइराला, प्रा .डा .रामचन्द्र पोखरेल, खेम कुमारी बराल, विन्दा देवी आले, गंगा बहादुर खत्री र पद्मसिंह गुरुङ्ग उम्मेदवारको आकाँक्षी छन् । प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा ५ / ५ जना आकांक्षी छन् । क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्पm १० र समानुपातिकमा ९ जना उमेदवारको आकाँक्षी रहेको उनले बताए ।

यस्तै क्षेत्र नं. ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्पm सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ्ग, खेमराज पौडेल, वावुराम आचार्य, दीपक गुरुङ्ग र भरतजंग कुंवर रहेका छन् । त्यसै गरि समानुपातिकतर्पm भोला थापा, सुरेन्द्र वहादुर भारी, कृष्ण कुमारी परियार, रामजी कुंवर, गौमती थापा, गँगा केसी, मन वहादुर विश्वकर्मा लामगादे, राम प्रसाद अधिकारी र पोषनाथ शर्माले आकाँक्षा देखाएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं. ३ (क) को प्रत्यक्षतर्पm ८, समानुपातिकतर्पm १७, क्षेत्र नं.३ (ख) मा प्रत्यक्षतर्पm ८ र समानुपातिकतर्पm ६ जनाले उम्मेदवार बन्न निवेदन दिएको उनले बताए । आज बसेको जिल्ला समितिको बैठकले तीन वटै क्षेत्रका क्षेत्रिय समितिहरुले पठाएका नाममा छलफल भएको कास्की काँग्रेसका प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।

कमेन्टहरु
Loading...