क्याम्पस मोटरसाइकल लिएर गएका विद्यार्थीको मोटरसाइकल चोरी

पोखरा, १२ पुस/पोखराको रामबजारमा रहेको कालीका क्याम्पस नजिकैबाट मोटरसाइकल चोरी भएको छ । क्याम्पसका नजिकैको कालिका चोकबाट ग११प ६१५९ नम्बरको मोटरसाइकल चोरी भएको हो ।

सोमबार बाहिर मोटरसाइक राखेर पढ्न गएका रुपेस ढकालको मोटरसाइकल चोरी भएको हो । पढाइ सकेर बाहिर आउदा मोटरसाइकल नै थिएन ढकालले भने मोटर साइक नदेखे पछि चोरी भएछ भनेर प्रहरीमा खबर गरे ।

ढकालको कालो पल्चरमोटर साइकल हराएको हो । प्रहरीले खोजीकार्य भई रहेको बताएको छ ।

कमेन्टहरु
Loading...