कास्कीको माछापुच्छ्रे गाउँ पालिकामा सहकारीबाट २५ लाख चोरी

पोखरा, १५ भदौ /कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ स्थित एक सहकारीबाट बुधबार राती करिब २६ लाख चोरी भएको छ ।

माछापुच्छ्रेको लाहाचोक सानोपाटनमा रहेको सभ्य समता बचत तथा ऋण सहकारी संस्थाबाट २५ लाख ६६ हजार रुपैया चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

सहकारीको पछाडीको झ्यालको छिरेर सेफ फुटाई सेफभित्र रहेको नगद चोरी गरेको प्रहरीले जानकारी दिएको छ । राती नै चारी भएको भए पनि सहकारीमा विहान मात्रै थाहा भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पोखरा लेखनाथ महानगरको लेखनाथ क्षेत्रमा केहि दिन अगाडी करिब १२ वटा सहकारी र पसलमा चोरी भएको थियो ।

 

कमेन्टहरु
Loading...