मुख्यमन्त्रीसंग वडा अध्यक्षहरुको गुनासो ‘हाम्रो त हैसियत नै भएन’

पोखरा, १८ साउन / वडा अध्यक्षहरुको एक समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटे गरेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन । शुक्रबार भएको भेटको क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफुहरुलाई मार्यदाक्रममा समावेश नगरेको भन्दै ‘हाम्रो हैसियत के हो’ ? भनी प्रश्न समेत गरेका थिए ।

गृह मन्त्रालयको मर्यादाक्रममा वडा अध्यक्ष र सदस्यहरुको मर्यादाक्रम कहा कसरी हुने भनी केही पनि उल्लेख छैन । उनीहरुले वडा सदस्य कार्यपालिका सदस्य बनेपछि केही व्यवहारिक कठिनाई देखिएको विषय समेत मुख्यमन्त्री गुरुङसंग उठाएका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको हैसियत बराबर हुने व्याख्याले कठिनाई देखिएको वडा अध्यक्षहरुको भनाई छ ।

जवाफमा मुख्यमन्त्री गुरुङ नया मर्यादाक्रममा वडा अध्यक्षहरुलाई अन्याय भएको बताए । वडा अध्यक्ष मात्र नभएर प्रदेश निति तथा योजना आयोग जस्ता अन्य सरकारी निकायबारे नै मर्यादाक्रम वेखर रहेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेशले संघ सरकारसंग आफुले यसबारेमा कुरा उठाइरहेको जानकारी दिदै गुरुङले यो अवास्था चाडै अन्त्य हुन आशा व्यक्त गरे ।

जनप्रतिनिधिहरुले पनि आफ्नो मर्यादामा आँच आउने काम गर्न नहुनेमा उनले सचेत गराए । भेट वडा अध्यक्षहरुले वडामा आउने बजेट चालुतर्फको मात्र बढी हुने भएकोले विकासको काम गर्न कठिनाई भैरहेको समेत बताएका थिए । बाग्लुङ जिल्लाको ४ स्थानीय तहका करिब २ दर्जन वडा अध्यक्षहरुको समुहले शुक्रबार मुख्यमन्त्रीसंग भेट गरेको थियो ।

कमेन्टहरु
Loading...