गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ फर्किए, टेक्निकल ईन्स्टिच्युट र छात्रबृत्तिमा सहमति हुने

पोखरा, १६ असोज / सात दिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार पोखरा फर्किएका छन् । चीनको

हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो । सोमबार नेपाल फर्किएका उनी

मंगलबार पोखरा आईपुगेका हुन् ।

पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले चीन भ्रमणबाट देखिने गरी कुनैपनि आर्थिक सहायता नल्याएको बताएका छन् । ‘विदेश

गएपछि कति पैसा ल्यायो भनेर सोध्छन् । के के सम्झौता भयो भनेर सोध्छन्, उनले भने–तर मैले केही पनि ल्याएको छैन । उनीहरुलाई गण्डकी

प्रदेशको बारेमा जानकारी मात्रै गराएको छु । गभर्नरको टोलि नोभेम्बरमा पोखरा आएका बेला केही सम्झौता होलान् ।’

विशेषगरी गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने बिषयमा सहमति भएको उनले

बताए । यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने सहमति

नोभेबरमा हुने उनले बताए । तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ । त्यसका लागि नोभेम्वर १० र ११ तारिखमा हाईनानका गभर्नर

सहितको टोलि पोखरा आउनेछ ।

हाईनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । विशेषगरी अगार्निक

खेती, नेपालको पर्यटन, उर्जा, औषधी कारखानामा उनीहरु लगानीका लागि ईच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए । अरु देशको

नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने उनले भनाई छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ

Posted by Ganthan.com on Tuesday, 2 October 2018

कमेन्टहरु
Loading...