ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपालको प्रस्तावना विश्वमै उत्कृष्ट

पोखरा, ५ कात्तिक / ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपालको परियोजना विश्वमै उत्कृष्ट भएको छ । नेपालमै संकटमा रहेको बिरोलो वर्गमा पर्ने ध्वाँसे चितुवा रुखमा धरै समय बस्ने र बाँदर शिकार गरेर आहाराको रुपमा खाने गर्दछ ।

युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनले विश्वभरबाट बिभिन्न जंगली जनावर, वातावरण संरक्षण संम्बन्धी प्रस्तावनाका लागि आहन गरेको थियो । यसै आधारमा विश्वभरका जनावर, वन संरक्षण विद्या अन्तर्गतको नेपालको ध्वाँसे चितुवा संरक्षण सम्बन्धी प्रस्ताबना उत्कृष्ट पाँच भित्र परेको थियो ।

अनलाईन मतदानको आधारमा यो परियोजना विश्वभरबाट प्रथम भएको प्रकृतिका साथी नामक संस्थाका वन्यजन्तु अनुसन्धान तथा संरक्षण निर्देशक यादब घिमिरेले जानकारी दिए । प्रथम भए संगै ध्वाँसे चितुवा संरक्षणकालागि ३० हजार युरो यो संस्थाले पाउने भएको छ ।

पाएको यो रकम कास्की जिल्लाको मादी गाउँपालिकाको सिक्लेस र ताङतिङ गाउँमा मावन वन्यजन्तु द्धन्द कम गर्ने , होमस्टे टे«नीङ, ध्वाँसे चितुवाको बासस्थान संरक्षाणका लागि जनचेतना मुलक कार्यक्रम लगायतका संरक्षणका क्षेत्रमा खर्च गरिने प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आर्चायले बताए ।

 

कमेन्टहरु
Loading...