कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति पछि आन्दोलन स्थगीत

पोखरा, ५ पुस /कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति पछि पोखरामा आन्दोलनर विद्यार्थीले आन्दोलन स्थगीत गरेका छन् । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको विज्ञान सङकाएका रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको भन्दै परीक्षार्थीका अभिभावक र विद्यार्थी नेताहरुले गएको मंसिर २४ गतेदेखि रिले अनसन थालेका थिए । उनीहरुले नतिजा सच्याउन र पुनः पुस्तिका जाँच गर्न माग गर्दै लामो समय अनसन बसेपछि परीक्षा बोर्डले पुनः परीक्षण गर्ने सहमति गरेको हो ।

परीक्षा बोर्ड सानोठिमी भक्तपुरले बुधबार सूचना प्रकाशन गरी पुनः परीक्षण गर्न चाहाने विद्यार्थीसँग निवेदन मागेको छ । ‘पुनर्योगबाट पनि नतिजा चित्त नबुझेका विद्यार्थीलाई उत्तरपुस्तिका पुनः परीक्षणको निवेदन दिन १५ दिनको म्याद दिईएको छ, परीक्षा बोर्डले निकालेको सूचनामा भनिएको छ–सम्बन्धित विद्यार्थीले प्रक्रिया अनुसार आवश्यक शर्त पूरा गरी प्रति विषय २ हजार रुपैयाँ शुल्क सहित निवेदन दिनुहुन अनुरोध छ ।’

पोखरामा क्रियाशिल ५ वटा विद्यार्थी संघठनले कक्षा ११ का विद्यार्थीको आन्दोलनमा सर्मथन गर्दै अनसन बसेका थिए । राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही गरेको आरोप लगाउँदै विद्यार्थीहरुले सुरु देखि नै विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए । बिहीबार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले अनसनमा बसेकाहरुलाई जुस खुवाएर अनसन तोडाएकी थिईन् ।

अनसन स्थगीत पछि अनसनमा बसेका विद्यार्थी संगठन, अभिभावक र पीडित विद्यार्थीहरुले थप केही माग राखेका छन् । उनीहरुले पुनः परीक्षण भएको २० दिनपछि मात्रै मौका परीक्षा लिन, पुनः परीक्षणको शुल्क खारेज गर्न, पुनः परीक्षण गर्न इच्छुक विद्यार्थी सबैको पुनः परीक्षण गरिदिन माग गरेका छन् ।

विद्यालय समन्वय समिति कास्कीका संयोजक बाबुराम पन्त, अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम, नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटा, नयाँ शक्ति विद्यार्थी यूनियनका महासचिव नेत्र चापागाईं, अखिल क्रान्तिकारीका ब्यूरो संयोजक मिलन राई, अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष गणेश अधिकारी, अभिभावक सरोकार समितिका संयोजक मोहनराज तिवारी, पीडित विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश ढकालले संयुक्त रुपमा हस्ताक्षर गरी अनसन स्थगीत गरेको जनाएका हुन् ।

कक्षा ११ नतिजा प्रति असन्तुष्टि विद्यार्थीलाई समर्थन गर्दै अनशनमा

 

कमेन्टहरु
Loading...