चितवनमा बस दुर्घटना हुदा ३ को मृत्यु, २५ घाइते

चितवन, २४ भदौ/पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा दुई वटा बस एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस ठक्किएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये १५ जनाको पूरानो मेडिकल कलेज र १० जना चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...