चट्याङ लागेर युवकको मृत्यु

बागलुङ, ३ फागुन /बागलुङको वडिगाड गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ८ पुरानो गाउँका २२ वर्षिय कृष्ण श्रीसको मृत्यु भएको हो ।

शुक्रबार वर्षा सँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरको खाटमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।

सँगै बसेका भतिज दिलबहादुर श्रीस केही समय अर्धचेत भए पनि पछि सामान्य अवस्थामा आएका थिए ।

कमेन्टहरु
Loading...