पोखरामा यसरी मनाइयो छठ पर्व (फोटो फिचर)

पोखरा, २७ कात्तिक/ छठ पर्वका अवसरमा पोखराका सेती नदि किनारा र फेवाताल किनारामा श्रद्धालु भक्तजनहरुले अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । अस्ताउदो सूर्यलाई विधिपुर्वक अर्घ चढाई छठी माईको पुजा गरेका छन् ।

पोखरामा केदारेश्वर मन्दिर नजिककैको फेवाताल किनारा र सेती नदि किनारामा गई सूर्यलाई अर्घ दिइ निष्ठा पुर्वक छठपूजा गरेका छन् ।

श्रद्धालु भक्तजनले सुर्यलाई अर्घ चढाउने क्रममा ठकुवा, कसार, केरा, उखु, भोगटे, मेवा मिष्ठान आदी प्रसादको रुपमा चढाएका छन् । ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको प्रतिक मानिन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने गर्दछन् ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ ।

अस्तयको सुर्यलाई पुजा गर्दै छठ पर्व मनाइउदै । तस्बिरः सञ्जय शाक्य

कमेन्टहरु
Loading...