चितवनबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना

पोखरा, १७ पुस / चितवनबाट पोखरा आउदै गरेको तनहुँमा दुर्घटना भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा बा १ प १०४६ नम्बरको को पर्यटक बस बिपरित दिशाबाट आईरहेको गाडीलाई साईड दिने क्रममा दुर्घटन भएको हो ।

साईड दिने क्रममा बस पल्टदा बसमा सवारमध्ये २ जना कोरीयन नागरिक सहित १० जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिपि कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भईरहेको प्रहरीको भनाई छ ।

दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...