चाइना पुल क्षेत्रको मुहार फेरियो

himal lamsal
हिमाल लम्साल
पोखरा, २४ पुस । पोखराको प्रवेशद्वार चाइनापुलमा सुगन्धले मगमगाउन थालेको छ । सहरको अस्तब्यस्तबीच फोहोर फाल्ने गरेको पोखरा पृथ्बीचोक नजिकै चाइना पुलमा लामो प्रयास पश्चात यो परिवर्तन सम्भव भएको हो । केही समय अघिसम्म पोखराको प्रवेशद्वार चाइनापुल क्षेत्र फोहोरमैलाको अखडा नै थियो । अहिले त्यहाँ दुर्गन्ध होइन सुगन्ध छाईरहेको देखाउन मिल्ने श्रीभद्रकाली नर्सरीका सञ्चालक एवं स्वयं पुष्प ब्यवसायी बताउँछन् ।

यसो हुनुमा पोखरा–७ घारीपाटनका प्रेमबहादुर रानाको योगदान स्पष्ट छ । झण्डै ३० वर्ष अगाडि दिनहँु चाइनापुलको बाटो हँुदै अमरसिंह उच्च माविमा अध्ययन गर्न जाने वेलाको स्मरण गर्दै उनले भने ‘मलाई छुन्थ्यो, भावुकतामा हिँडथे, मानवजातीले गरेको ब्यवहार …..जस्तै लाग्थ्यो ।’ उनलाई संधै लाग्थ्यो ‘पर्यटकको आगमन अनि मुक्तिनाथको दर्शनार्थीको पोखरा बसाईले मलाईपनि नछोएको होइन भन्दै आफू शिक्षक भए पश्चात पनि मनमा भने उनकै शब्दमा के अपुग, के अपुग भए जस्तो भयो ।

२० वर्ष अध्यापन पछि ०६५ देखि मन थाम्न नसकि पर्यटकको राजधानी पोखराकै मुखमा फोहोरमैला हुन दिनु हुँदैन भन्ने मेरो मान्यता अनुरुप उनले शिक्षक पेशालाई चटक्कै छोडेर फोहोर नभनि मोहरको रुपमा लिएको उनको स्वीकारोक्ति थियो । उनलाई साथ दिए जहान केटाकेटी सीतामायाँ रानामगर अनि २ सन्तान । सीतासंग विवाह पश्चात उनको कदमलाई साथ दिएकै कारण ‘म यो ठाउँमा छु’ । पहिला जथाभावि फ्याकिएको फोहरका कारण पुल वारपार गर्न निकै नै अफ्ठ्यारो थियो’ चाउथेका श्याम थापाले भने, ‘गन्हाएर वाक्वाकी नै आउँथ्यो त्यो बेला ।’ तर अहिले रानमगर दम्पतिसंगै अन्य पुष्प ब्यवसायीको पहलमा त्यो छुटकारा पाएको उनको बदलिएको कथन थियो । ती पुल हुँदै आउजाउ गर्ने बटुवाहरले मुख छोपेर हिड्दा र अहिले फूलको सुगन्धले प्रभावित भई ति ब्यवसायीलाई धन्यवाद दिन समेत भ्याउँछन् ।

Himal New4s2सीताले –‘पहिलो पटक पोखरा आउँदा अवलोकन गर्न भ्याएका पर्यटक दोस्रो पटक आउँदा ‘भेरि गुड्’ गुड्, भन्दै हिडेको मात्र बुझेको बताइन् ।  उनकै शव्दमा ‘म अंग्रेजी नबुझ्ने भएकोले समस्या प¥यो तर ति पर्यटकको हसिलो अनुहार अनि हातको इसाराले पक्कै राम्रो भन्नु पर्छ’ । ब्यवसायी प्रेमबहादुर भन्छन् ‘कृषि प्रधान देश, यहाँ यो पेशालाई बेवास्ता देख्दा र सरकारले गर्न नदिँदा दिक्क लाग्छ ।’ सरकारले गर्नु पर्नेमा जनताले गर्दा समेत उचित संरक्षण र सहयोग नहुँदा नेपालकै यो अवस्थाले विदेशिनुको पीडा समेत सुनाउन भ्याए रानामगरले । उनले ७ जनालाई रोजगारी प्रदान गरेका छन् । १ रोपनी जग्गा बेचेर करिव ४५ लाखको योजनाले आफू यो स्थानमा आईपुगेको खुलेर बताए । ढुक्कसंग भने ‘वर्षको १० लाख आम्दानी गर्न सफल भएको छु ।’

china pulअझ् यसलाई बढाउँदै लैजाने उल्लेख गर्दै मलाई सम्झेर आउने र सहयोगको अपेक्षामा आउँनेलाई खुल्ला हृदयले बोटविरुवाहरु दिन पाउँदा खुसी समेत ब्यक्त गर्छन् । सो ठाउँमा धार्मिक, सजावट, औषधिजन्य, सौन्दर्यजन्य दृष्यमा प्रयोग हुने विरुवाहरु जस्तै रक्तचन्दन, जाईफल, जटामसी, मरिच, अंगुर, सयपत्री, गोदावरी, गुलाफ जस्ता ३ सय भन्दा बढि प्रजातिका विरुबाहरुसंगै प्रयाप्त मात्रामा फूलका विरुवाहरु रहेका छन् ्सो स्थानमा पारीजात नर्सरी र श्री कृष्ण नर्सरी ब्यवसायीले चाइना पुलको वरपर नर्सरी ब्यवसाय गर्दै चाइना पुल क्षेत्रलाई हराभरा बनाउन केहि वर्षदेखि लागि परेको स्पस्ट देखिन्छ । ब्यवसायीक ब्यवसाय मात्र नभै सो क्षेत्रमा भएको सुधारको पक्षलाई पोखराका पर्यटन ब्यवसायी गणेशबहादुर भट्टराईले सकारात्मक भएको प्रतिक्रिया दिए । उनले राम्रोकाम जहिले पनि राम्रो हुनेमा कोहि कसैको विमति नरहने ठोकुवा समेत गरे ।

कमेन्टहरु
Loading...