चाइना पुलको विकल्प चोरसाँघुमा पुल निमार्ण हुने

सागर राज तिमिल्सिना
पोखरा, २० असार /पोखराको पृथ्वीचोक नजिकैको चाइना पुल व्यस्थ हुदा सवारीको लामो जाम हुन्छ । चाइना पुलको नजिकै विकल्प नहुदा लामो समय सम्म जाममा बन्नुपर्ने वा महेन्द्रपुल नै पुग्नु पर्ने बाध्यता हुन्छ ।

महेन्द्रपुलको पुल पनि व्यस्थ पुलमा नै पर्दछ । चाइना पुलको विकल्पका लागि पोखराको चोरसाँघुमा पुल निमार्ण हुने भएको छ । चोरसाँगुको पुलमा असोज सम्ममा मोटर गुडाउन पाइने जिल्ला इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । करिब १ करोड ५० लाखको लागतमा पुल निमार्ण हुने श्रेष्ठले जानकारी दिए ।

चाइना पुलको विकल्प चोरसाँघुमा पुल निमार्ण हुने
चाइना पुलको विकल्प चोरसाँघुमा पुल निमार्ण हुने

८ वर्ष पहिले पोखरा उपमहागनगर पालिकाले निमार्ण सुरु गरेर त्यसै छाडेको पुललाई जिल्ला विकास समितिले पुरा गर्न लागेको हो । ८ वर्ष पहिलो नगरपालिकाले सेती नदिको वारीपारी नै फाउन्डेस निमार्ण गरिसेको छ श्रेष्ठले भने बिचमा फलामको पुल जडान गर्ने काम अहिले गर्न लागेको बताए ।

फाउन्डेस सबै ठिक छ उनले भने विचमा पुल जडान गर्नका लागि सामान समेत झरि सकेको छ । करिब ३२ मिटर लामो पुल भदौ सम्ममा सक्ने लक्ष्य रहेको उनले बताए । पुलमा दोहोरो सवारी सञ्चालन हुने बताए । अहिले त्यस स्थानमा सानो साघँ छ । त्यसैबाट मानिसहरु आवतजावत गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...