चीन र नेपालबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता

पोखरा, ८ चैत /प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी लि खछ्यांगबीच द्विपक्षीय वार्ता सम्पन्न भएर बेइजिङमा सोमबार बिभिन्न सम्झौताहरूमा हस्ताक्षर भएको छ।

चीन र नेपालबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता
चीन र नेपालबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता

आज बिहान भएका सम्झौताहरूमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका छन् ।

चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन्। बहुप्रतीक्षित इन्धन खरिदबारे भने कुनै सम्झौता भएन। दुई देशका अधिकारीहरूले नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तब्यमा अहिले काम गरिरहेका छन्।

नेपालको आर्थिक विकासकालागि चीनसँग महत्वपूर्ण सम्झौताहरु भएका छन् । जसमा, पारवाहन सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । तस्विर ः विविसिबाट

कमेन्टहरु
Loading...