छोरेपाटनमा केतै भासीने, कतै ताल, राती नै निकास खुलाइयो

पोखरा २६ असार /पोखराको छोरेपाटनमा वर्षाका कारण डुवानमा परेको छ । डुवानमा परे पछि नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले राती नै निकास खोलेर पानी घटाएका थिए । सुरक्षाकर्मीले राती नै कति पयघरका सामानहरु अन्यत्र सारेका थिए । डुवान घटाए पनि अहिले पनि केहि घरहरु डुवान मै छन् ।

दामोदर खोलामा पानीको बहाव बढेपछि दामोदर कुनाका १५ भन्दा बढी घर डुवानमा पर्दै आएका छन् । जथाभावी प्लटिङले विगत ३ बर्षलेखि डुवानमा पर्दै आएको सो क्षेत्रमा पानीको निकासका लागि हाल नहर खन्ने काम जारी छ । भुमिगत रुपमा जानी त्यस ठाउँको पानी प्लटिङले गर्दा भुमिगत मार्ग बन्द भए पछि डुवानको समस्या आएको स्थानीयहरु बताउ छन् ।

पोखरा लेखनाथ १७ सितलचौतारीका केही दिन पहिले होम नाथ चापागाईको घरसँगैको जमिन भासिएको थियो । राती पनि सोही ठाउँमा जमिन भासिएको प्रहरीले जानकारी दिएको छ । यसअघि ५० मिटर तल स्थानीय चुडामणी बोगटीको खेत भासिएको थियो ।

कमेन्टहरु
Loading...