सञ्चारकर्मी सुवेदीद्धारा चट्याङबाट घाइते भएकी बालिकालाई सहयोग

पोखरा, २३ चैत्र /चट्याङबाट घाइते भएकी पोखरा ५ मालेपाटन धारापानीकी देवी बिकलाई सहयोग आउने क्रम जारी रहेको छ । गत फागुन २२ गते सांझ परेको चट्याङबाट घाइते बिकको उपचार खर्च अभाव भएपछि सहयोग रकम आउने क्रम जारी रहेको हो ।

सञ्चारकर्मी सुवेदीद्धारा चट्याङबाट घाइते भएकी बालिकालाई सहयोग
सञ्चारकर्मी सुवेदीद्धारा चट्याङबाट घाइते भएकी बालिकालाई सहयोग

बिकको उपचारका लागी सोमबार लेखनाथ १० खोलाबेसीका कमल सुवेदी र उनका साथीहरुले १५ हजार रुपैया सहयोग गरेका छन । संचारकर्मी समेत रहेका सुवेदीले बैदेशिक रोजगारमा रहेका लेखनाथका प्रमेश परियार पारु र निर्मल सुनुवार राइ लगायत २१ जना साथीबाट संकलन भएको १५ हजार रुपैया पोखराको मणिपालमा उपचाररत बिकलाई हस्तान्तरण गरेका हुन ।
फागुन २२ गते सांझ पानी संगै परेको चट्याङबाट घाइते बनेकी बिकको दुवै खुट्टा जलेको र हाल पोखराको मणिपाल अस्पतालमा उपचार रत रहेकी छिन । एक महिना सम्म पनि जलेको भागको अप्रेशन गरेको भएतापनि अप्रेशन सफल हुन नसक्दा आर्थिक अभाव भएको घाइते बिककी आमा मंगली बिकले वताइन ।

पोखराको मालेपाटन स्थित बाराही उच्च मावि कक्षा ९ मा अध्ययनरत बिकको आर्थिक अवस्था कमजोरका कारण उपचारमा समस्या उत्पन्न भएको थाहा पाएपछि सञ्चारकर्मी सुवेदीले विभिन्न साथीहरुको सहकार्यमा रकम संकलन गरी सहयोग गरेको वताए । त्यस्तै वैदेशिक रोजगारको क्रममा रहेका प्रमेश परियारले आफुले रोजगारको शिलशिलामा विदेशमा रहेर पनि पिडित बालिकालाई सहयोग गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वताए ।

आगामी दिनमा पनि स्वदेश तथा विदेशमा रहेका साथीहरु संग सहकार्य गरेर सहयोगलाई निरन्तरता दिने सुवेदीले वताए । घाइते बिकको उपचारको लागी पोखराको न्युरोडमा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाको खाता नम्बर पी बी बी ००२९१८ मा सहयोग रकम संकलन गर्न सकिने छ । सिन्धुली जिल्ला हत्पते गाविस ४ स्थाइ घर भइ हाल पोखरा ५ मालेपाटन धारापानीमा बसी मजदुरी काम गर्दै आइरहेको बिकको परिवारमा आमा र भाइ रहेका छन ।

कमेन्टहरु
Loading...