चापाकोट बाम्दीबासी होम स्टे बनाउन कस्सिदैं

चापाकोट, पोखरा /  बस्ती बाक्लै छ । तत्काल २० घरमा होम स्टे गराउने योजना गाँउलेको तयारी छ । ७ घरबाट शुरु गर्ने निर्णय गरिएको थियो । तर स्थानीयको चासो बढ्दै गएपछि २० घरमा होम स्टे गर्ने गरी आवश्यक पुर्वाधार निर्माण गरिएको छ ।

पोखराको लेकसाईडदेखि केवल ७ किलोमिटर मात्रै दुरीको कास्कीको चापाकोटस्थित बाम्दीमा होम स्टे शुरु गर्न स्थानीय कस्सिएका छन् । पोखरा महानगरपालिका वडा नं २३ स्थित बाम्दी सबैभन्दा कान्छो होम स्टेको रुपमा परिचय बनाउँदै छ । ग्रामीण पर्यटन प्रवद्र्धनको आधार नै होम स्टे भन्दै स्थानीयले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत र सत्कार गर्न अत्यावश्यक पुर्वाधार बनाउन जुटिरहेका छन् ।

‘पहिला सात घरबाट शुरु गर्ने योजना बनायौं । तर पछि सबैले चासो देखाएपछि २० घरमा होम स्टे सञ्चालन गर्ने निर्णय गर्यौं ।’ चापाकोट सामुदायिक होम स्टे व्यवस्थापन समितिका अध्यक्ष विश्वराज पराजुलीले भने–‘तिहारपछि सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’ घरमा अत्यावश्यक शौचालय निर्माण गरिएको छ ।

कोठालाई सरसफाई

गरी विदेशी पाहुना अटाउने खाट तथा डसना व्यवस्था गरिएको छ । घरलाई पनि रंगरोगन गरी चिटिक्क पारिएको छ ।
गाउँमा युवाको जमात खासै छैन् । भएकालाई रोजगारी र विदेश पलायन भएकालाई फर्काउने योजनासहित होम स्टेको अवधारणा अघि सारिएको उनको भनाई थियो ।

उनका अनुसार गाउँकै भाइहरुलाई सक्रिय बनाउने अभियान स्वरुप आफनो गाँउ आफैं बनाउन भन्ने नारालाई मूर्त रुप दिने पनि भन्दै होम स्टेको गराउन लालायित छन् । ‘प्रत्येक घरमा न्युनतम एक कोठा आवासको लागि छुट्टाइएको छ ।’ उनले भने–‘केही घरधनीले भने चार वटा कोठा पनि आवासको लागि छुट्टाएर राखेका छन् ।’

होम स्टेको लागि महानगरपालिका वडा कार्यालय २३ ले स्वीकृति प्रदान गरिसकेको छ । स्वीकृतिसँगै पराजुलीकै अध्यक्षमा समिति समेत गठन गरिएको छ । दलित, ब्राह्मण, क्षत्री तथा मगर समुदायको बसोबास रहेको बाम्दीमा होम स्टेले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास चापाकोट पर्यटन प्रवद्र्धन समितिले लिएको छ ।

पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीम पराजुलीले चापाकोटकै घडेरीमा बाह्य पर्यटक क्याम्पिङको लागि आउने बताउँदै गाउँमै होम स्टेको व्यवस्था गरिए अझ पर्यटन प्रवद्र्धन हुने दावी गरे । पर्यटन प्रवद्र्धनको लागि ग्रामीण बाटोको मर्मतसम्भार, सरसफाई, पर्यटकलाई स्थानीय स्वाद दिने परिकार, पर्यटकसँग गरिने व्यवहार लगायतको प्रशिक्षण दिईने बताए ।

‘पर्यटन कार्यालय र पर्यटन बोर्डसँगको सहकार्यमा गाँउलेलाई होम स्टे सम्बन्धि प्रशिक्षण, खाना पकाउने तालिम, अग्रेजी भाषाको प्रशिक्षण दिने तयारीमा छौं ।’ उनले भने–‘आवश्यक तालिमपछि सरसफाईमा विशेष ध्यान दिन सके होम स्टेले ग्रामीण क्षेत्रको परिचय बदल्ने छ ।’ पर्यटकलाई स्थानीय उत्पादनलाई उपयोग गराउने तर्फ गाँउलेको ध्यान केन्द्रीत हुनुपर्ने उनको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नं २३ ले

होम स्टेको लागि बजेट विनियोजन भने नगरेको जनाएको छ । होम स्टेको लागि गाउँलेलाई तालिम लगायतको विषयमा वडाले केही नगरेको स्वीकार्दै वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले घडेरीसम्म पुग्न सिढी निर्माणको लागि बजेट छुट्टाएको बताए ।

‘वडा कार्यालय भन्दा परदेखि माथि होम स्टेभन्दा अलि माथिको डाडाँसम्म बाटो मर्मत सम्भारको लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।’ वडाध्यक्ष पराजुलीले भने–‘त्यसभन्दा तलको बाटो भने कनेक्टिभिटी रोडले छुन्छ । जसलाई महानगरपालिकाको बजेट भित्र परेको छ ।’ होम स्टेसँगै गाउँलेलाई बाँसका सामाग्री बनाउने तालिम, पशुपालन, तरकारी उत्पादन लगायतका क्षेत्रमा स्साथानीयको सहभागि रहेको बताए ।

कास्कीमा ३८ वटा

निजी तथा सामुदायिक होम स्टे सञ्चालनको स्वीकृति लिएका छन् । गण्डकी र धौलागिरीमा मात्रै ७८ वटा होम स्टेको लागि स्वीकृति लिइएको पर्यटन कार्यालय पोखराका नायब सुब्बा शुक्रराज कोइरालाले जानकारी दिए । ‘पहिला होम स्टेको स्वीकृति पर्यटन कार्यालयबाटै लिनुपथ्र्यो । तर अहिले नयाँ कार्यविधी बनेकोले स्थानीय तहबाटै स्वीकृति लिन सकिने व्यवस्था गरिने व्यहोरा सुन्नमा आएको छ ।’ उनको भनाई थियो ।

कमेन्टहरु
Loading...