कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक

कानपुर, १३ चैत /उत्तर भारतको औधोगिक नगरी कानपुरमा आइताबार औपचारिक कार्यक्रमको आयोजना गरी चलिए पोखरा अन्तर्गतका पर्यटकीय प्याकेजहरु सार्बजनिक गरिएको छ । हनिमुन प्याकेज, शैक्षिक भ्रमण प्यकेज, मनसुन प्याकेज र धार्मिक यात्रा प्याकेज सो अवसरमा पर्यटकका लागि सार्वजनिक गरिएको हो ।

कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक
कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक

पश्चिमान्चल होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शनिबारबाट चलिए पोखरा अभियान सुरु भएको थियो । कानपुरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भरतराज पराजुलीले उल्लेखित प्याकेजहरु दुई रात तीन दिनको रहेका र तिनलाई लम्ब्याउन पनि सकिने जानकारी दिए ।

चैत २८ देखि आगमी बैशाख २ गतेसम्म फेवा किनारमा आयोजना हुने तेर्हौं फेवा नव बर्ष महोत्सवका पाहुनालाई होटलमा २० प्रतिशत छुट प्रदान गरिएको पनि कार्यक्रममा पराजुलीले घोषणा गरे । पत्रकार सम्मेलन र बिजनेस टु बिजनेस मिटिङको रुपमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका उदय भट्टराईले नेपाल र पोखराबारे जानकारी गराएका थिए ।

कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक
कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक

उनले भारतिय पर्यटकलाई नेपाल घुम्न आग्रह गर्दै भुकम्पले असर पारेको पर्यटनलाई माथी उकास्न सहयोगको अपेक्षा गरे । सो अवसरमा भारतिय पर्यटन ब्यबसायी र पोखरेली पर्यटन ब्यबसायीले ब्यापारिक तथा पर्यटकीय जानकारी आदानप्रदान गरेका थिए । चलिए पोखराको छ दिने कार्यक्रम अन्तर्गत सोमबार लखनउमा प्रबर्धनात्मक कार्यक्रम हुनेछ । चार बर्ष अघि सुरु गरिएको चलिए पोखरा अभियानलाई यो बर्ष पनि निरन्तरता दिइएको हो ।

कमेन्टहरु
Loading...