पोखरामा क्यानोनिङ शुरु, पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेमा व्यवसायीको आशा (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १९ माघ/पोखराबाट करिब २७ किलोमिटर टाढाको ल्वाङघलेलको घलेल गाउँमा क्यानोनिङ (पानीको छहरामा डोरीमा झुण्डिएर रमाउने खेल) को सुरु गरिएको छ । पोखरा सहित ल्वाङघलेल गाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि घट्टेखोलाको कुदीछहरालाई क्यानोनिङस्थलको रुपमा विकास गर्न गाउँले कस्सिएका हुन् । साहसिक पर्यटक आकर्षण गर्नका लागि सुरु गरिएको क्यानोङिको शनिबारदेखि औपचारिक सुरुवात गरिएको छ ।

पर्यटकीय दृष्टिले ओझेलमा परेको यो छहरालाई क्यानोनिङस्थलको रुपमा उपयोग गर्दै विदेशी पर्यटक भित्रयाउने प्रयास गरेको ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले बताए । केहिदिनदेखि यसको परिक्षण गरिएको भएपनि शनिबारदेखि औपचारिक रुपमा यसलाई सुरुवात गरिएको हो । एकसय ७ मिटर अग्लो कुदीछहरामा सुरु गरिएको क्यानोनिङले ल्वाङ र आसपासका गाउँमा विदेशी र साहसिक पर्यककको आगमन बढ्नेमा स्थानीयबासि आशावादी छन् । ‘

पोखरामा क्यानोनिङ शुरु
पोखरामा क्यानोनिङ शुरु

बौद्धसिर्जन युवा क्लवका अध्यक्ष राम गुरुङले भने, ‘नयाँ गन्तब्यले यो गाउँको मुहार फेर्ने हाम्रो विश्वास छ । मर्दीहिमालको पदयात्रामार्गमा पर्ने यो क्यानोनिङस्थलको नजिकैको ल्वाङ गाउँको होमस्टे सेवा पनि यसले प्रवद्र्धन गर्नेमा आफुहरु आशावादी भएको गुरुङले बताए । नेपाल क्यानोनिङ एशोसिएनसका अध्यक्ष कर्णबहादुर लामाका अनुसार ग्रामिण पर्यटन प्रवद्र्धन गर्नका लागि क्यानोनिङ निकै नै प्रभावकारी माध्यम हो । हिमाली क्षेत्रमा मात्र साहसिक पर्यटकीय गतिविधि भईरहेकोमा यस्ता पुर्वाधारले ग्रामिण क्षेत्रको प्रवद्र्धनका लागि पनि सघाउने उनले बताए ।

सरकारी नियम नहुँदा अहिलेसम्म क्यानोनिङले औपचारिकता पाएको थिएन । तर तीनमहिना अघि बनेको पर्यटन नीतिले यसलाई सम्बोधन गरेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म वर्षमा ५ सय जति विदेशी पर्यटक क्यानोनिङ गर्न आउँछन् । फ्रान्स, इटली, स्पेन, ब्राजिलका साहसिक पर्यटक बढि मात्रामा क्यानोनिङ गर्न रुचाउँछन् । क्यानोनिङ गर्दा एकदिनको १ सय अमेरिकीडलर सम्मको शुल्क तिर्नुपर्ने लामाले बताए ।

लामाका अनुसार सन् २००७ देखिमात्र नेपालमा क्यानोनिङ सुरु भएको हो । लम्जुङमा मात्र क्यानोनिङका ९ वटा स्थल छन् । २०११ मा लम्जुङको स्याँगेमा अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता भएको थियो । त्यसबाहेक मनाङका नार, सिन्धुपाल्चोकको भोटेकोशी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ गरिन्छ । ल्वाङमा सुरु भएपछि क्यानोनिङस्थलका लागि कास्की छैटौ जिल्ला भएको छ ।

पोखरामा क्यानोनिङ शुरु
पोखरामा क्यानोनिङ शुरु

canning (1) canning (2) canning (3)

कमेन्टहरु
Loading...