पोखरामा बसमा छुटेको नगद २ लाख फिर्ता

पोखरा, ८ साउन /पोखराको बागलुङ बसपार्कमा एउटा बसमा छुटेको रकमलाई प्रहरीको साहेताले सम्बन्धीत धनीले प्राप्त गरेकी छन् ।

बुधबार बिहान बागलुङ बसपार्कबाट पोखरा ३३ बागमारा जादै गरेको बसमा पोखरा ३३ की शान्ति पाध्याले नगद दुई लाख रुपैया झोला बसमा छुटेको थियो ।

बसमा छुटे पछि उनले जिल्ला प्रहरी कार्यलयमा खबर गरेकी थिइन् ।

ना ६ ख ८४१२ नम्बरको यात्रु बाहक बसलाई प्रहरीले रोकेर हेर्दा उनका झोला भेटिए पछि प्रहरीले पाध्यालाई नगद २ लाख सहितको झोला फिर्ता गरेको कास्का प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...