पोखरामा ट्राफिक प्रहरी विरुद्ध बसका चालक तथा सहचालक सडकमा

पोखरा, ५ मंसिर /पोखरा नगरबस र लेखनाथ माइक्रो बसका चालक तथा सहचालक ट्राफिक प्रहरी विरुद्ध बस रोकेर आन्दोलनमा उत्रिएका छन् । पोखराको मेहन्द्रपुल देखी चिप्लेढुङ्गा तर्फ बस सञ्चालन गर्न नदिएको र न्युरोडमा बस रोकेर यात्रु झराल्दा पनि ट्राफिक प्रहरीले चिट काटेको भन्दै आन्दोलनमा विरोधमा उत्रिएका हुन् ।

विहान १० बजे पोखराको न्युरोडमा बस रोकेर विरोध गरे । ‘हामीले चिप्लेढुङ्गा सम्म लैजाने भन्दै भाँडा लिएका हुन्छौ,’ एक बसका सहचालक मंगल खत्रीले भने ‘ महेन्द्रपुलबाट चिप्लेढुङ्गा सम्म यात्रुलाई लैजान ट्राफिक प्रहरीले दिदैन ।’ उनले बुढाबुढी हुन्छन् महेन्द्रपुलमा नै झारीदिदा रिसाउ छन् ।

त्यसै गरि अर्का सहचालक धन तामाङले बस रोकेर यात्रु झादा समेत चिटकाट्ने गरेको बताए । कार्यालय समयमा बस रोकिदा कार्यालय र विद्यालय जान हिडेकाहरु अलपत्र परेका थिए ।

कमेन्टहरु
Loading...