बसको ठक्करले भण्डारीको मृत्यु भएपछि लामाचौरमा प्रदर्शन

पोखरा, २४ कात्तिक /पोखराको बगरबाट लामाचौरतर्फ जादै गरेको ग १ ख ६४५४ नम्बरको नगरबसले बिहीबार राती ठक्कर दिदा मृत्युको विरोधमा शुक्रबार विरोध प्रर्दशन गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ लामाचौरमा विद्युतीय स्कुटरलाई ठक्कर दिदा पोखरा लेखनाथ महानगरपालिका १९ का राम भण्डारीको मृत्यु भएको थियो। सो बसले लामाचौरतर्फ नै गइरहेको स्कुटरलाई साइडबाट ठक्कर दिदा भण्डारीको बिहीबार घटनास्थल मै ज्यान गएको प्रहरीको भनाई छ ।

बसको ठक्करले मृत्यु भएपछि लामाचौरमा टायर बालेर बिरोध गर्दै स्थानीय । तस्बिरः ओम हमालको फेसबुकबाट
बसको ठक्करले मृत्यु भएपछि लामाचौरमा टायर बालेर बिरोध गर्दै स्थानीय । तस्बिरः ओम हमालको फेसबुकबाट

स्कुटरसहित बसमुनि परेका भण्डारीको टाउकोमा ठक्कर लागेको स्थानीयले जानकारी दिए । प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यसैबीच बसले किचेर भण्डारीको मृत्यु भएपछि आक्रोशित स्थानीयले लामाचौरचोकमा शुक्राबार टायर बालेर प्रदर्शन गरेका छन् ।

कमेन्टहरु
Loading...