बाग्लुङबाट पोखरा तर्फ आउदै गरेको बस पाँउदुरमा दुर्घटना

पोखरा, २६ असोज /कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित पाँउदुरको मोडमा बाग्लुङबाट बिरगञ्जतर्फ आउँदै गरेको ना ६ ख ८९३६ नं को बस बिहीबार दिउसो दुर्घटनामा परेको छ ।

सडकबाट अंन्दाजी १० मिटर भिरबाट तल खस्दा बसमा सवार २३ जना मध्य ६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेमा जिल्ला पर्सा बिरगंज रानिघाट बस्ने बर्ष ४१ को बिट्टु शाह, पर्बत कुष्मा नगरपालिका ४ बस्ने बर्ष २६ की सोनी गुरुङ, बर्ष ३२ को बिक्रम गुरुङ, कास्की अन्नपुर्ण गाउँपालिका ६ बस्ने बर्ष २८ की सम्झना बिक, पर्बत कुष्मा नगरपालिका ५ बस्ने बर्ष २८ को रामु परियार र रौतहट भवानिपुर ९ बस्ने बर्ष ५० को बिन्देश्वर शाह रौनियार रहेका छन् । घाईतेहरुलाई पोखराको फिस्टेल हस्पिटल उपचार भएको छ ।

कमेन्टहरु
Loading...