पोखरामा भैसी पालेर महिनामा ८ लाख आम्दानी

सागर राज तिमिल्सिना
पोखरा, २६ असोज/पोखरालेखनाथ महानगरपालिका १४ चाउथे नजिक बिजयपुर खोलाको आडमा एक युवाले १६ रोपनी जग्गा लिजमा लिएरका छन् । कतै गोठ बताएका छन् त कतै खेतीबाली । २०७० सालदेखि एक युवाले ब्यवसायिक रुपमै भैंसी पालिरहेका छन् । गोठमा झण्डै २ सय भैँसी छन् । पोखरा नयाँबजारका दिपक तिमिल्सिनाको पूरै परिवार भैँसीले धानेको छ ।

छोराछोरी पोखराका स्थापित बोर्डिङ स्कुलमा पढ्छन् । नयाँबजारमा अरु सराईको घर छ । ‘पैसा कमाउन न विदेश जानुपर्छ न जागिर खानुपर्छ, उनी भन्छन् । अरुलाई जागिर दिएर मज्जासँग सम्पत्ती जोड्न सकिन्छ ।’ उनको फार्ममा २१ जना कामदारले काम गर्दै आएको तिमिल्सिनाले बताए ।

यसबाहेक पोखरा १४ कै खाल्टेमसिनामा पनि १३ रोपनी जग्गा लिएर अर्को फार्म तयार गरिरहेका छन् । दुईवटा फार्ममा ४ सय भैंसी पु¥याउने योजना रहेको तिमिल्सीना बताउँछन् । दुईवटा भैसी घरमा दुध खानका लागि पारेका थिए । घरमा खाएर बँचेको छिमेकीले लैजान थाले, उनले भने–पछि राम्रो दुध पाईने होहल्लाले वरिपरीका सबै दुध माग्न आए । हामीले पनि भैँसी बढाउँदै गयौं ।’ नजिकका छिमेकीलाई दिनकै लागि १२ वटासम्म भैंसी पालेको उनी सुनाउँछन् ।

पोखरामा भैसी पालेर महिनामा ८ लाख आम्दानी
पोखरामा भैसी पालेर महिनामा ८ लाख आम्दानी

भैँसीको दुधको बजार माग निकै बढेको उनको अनुभव छ । दुध बेच्नका लागि नयाँबजार, रत्नचोक, सभागृहचोक र बुद्धचोक गरी पोखराको ४ ठाउँमा जानकी एग्रो फार्मको नाममा डिलरहरु छन् । फार्ममा उत्पादित दुध डिलरमा ल्याएर प्रशोधन गरेपछि उपभोक्तालाई वितरण गरिने तिमिल्सीनाले बताए । फार्मबाट १ सय ८ रुपैयाँमा खरिद हुने दुध डिलरले उपभोक्तालाई १ सय २० रुपैयाँसम्म बेच्छन् । तिमिल्सीनाको गोठमा मुर्रा, गुजराती, पञ्जावी क्रस र स्थानीय क्रस जातका भैँसीहरु छन् ।

ति भैंसीहरु भारतको विहार, उत्तर प्रदेश र नेपालका बारा, पर्सा, रौतहट, सर्लाही लगाएतका क्षेत्रबाट आयात हुन्छन् । एक सिजन दुध दिएपछि मासुका लागि भैँसी बच्ने गरेको उनले बताए । उनको गोठबाट दिनकै ८ सय लिटर हाराहारीमा दुध बिक्रि हुन्छ । ४ करोड लगानीमा सुरु गरिएको फार्मबाट महिनामा ८ देखि ९ लाख कमाई हुने उनले बताए ।

बैंकको व्याज घटाउनदा भने करिब ४ लाख हुने उनको भनाई छ । ‘भैंसी पालेर स्थापित हुँला भन्ने सोचेकै थिईन । भैँसी पाल्ने योजना पनि थिएन, उत्सुक हुँदै उनले भने–नसोचेको पेशामा हात हालें । कमाई पनि उस्तै छ । अहिले ब्यवसायिक किसान बनेको छु ।’ भैँसी पालेकै कारण उनले अघिल्लो बर्ष सरकारले प्रदान गरेको युवा उद्यमी सम्मान समेत हात पारे । विदेश जाने युवाहरुलाई देशमै केही उद्यम गर्न उनेका सुझाब छ ।

कास्कीमा हाल ४५ हजार भन्दा बढी गाई छन् भने झण्डै १ लाख ४० हजार भैँसी छन् । उत्पादित दुध मध्ये ६० प्रतिशत भैँसी र ४० प्रतिशत गाईको छ । जिल्लामा उत्पादित ३० हजार लिटर भन्दा बढी दुध बजारसम्म आईपुगेपछि अझै २० हजार लिटर दुध अपुग छ ।

कमेन्टहरु
Loading...