बुद्धले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने

पोखरा, २० भदौ /बुद्ध एयरले पोखराबाट भैरहवा र चितवनको भरतपुरसम्म सीधा उडान गर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहा सहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी उठान सुरु गर्ने लागेको हो । उडानले स्थलमार्ग अवरुद्ध हुँदा पोखराबाट चितवन र भैरहवा आवतजावत गर्न यात्रुलाई ठूलो राहत हुनेछ ।

आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले समाचार लेखेका छन् । बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले भदौ ३० गते देखि पोखराबाट भरतपुर र भैरहवासम्म सीधा उडान गर्ने जानकारी दिए । दुबै ठाउँमा दैनिक एक एकवटा उडान गर्ने तयारी गरेको उनले बताए । उनले उठानका तयारी पुरा भईसकेको र बुकिङ आउन थालेको बताए ।

बरालका अनुसार १८ सिट क्ष्मताको विचक्राफ्ट १९०० डी जहाजबाट पहिलो चरणमा उडान सुरु गर्ने बताए । उनका अनुसार पोखरा भरतपुर १६ मिनेट र पोखरा भैरहवा २० मिनेटको उडान अवधि हो । पोखरा भरतपुरका लागि एकतर्फी नेपालीका लागि ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क तिर्नुपर्ने बताए ।

त्यसै गरि पोखरा भैरहवाका लागि नेपालीलाई ४२ सय र विदेशका लागि ९७ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ । पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्ने बरालले बताए ।

कमेन्टहरु
Loading...